ह्वाइटहाउसले रोक्यो वैदेशिक अनुदान सहयोगमा रोक लगाउने ट्रम्पको निर्णय

माघ १७, २०८१

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रोपटक कार्यभार सम्हालेसँगै सबै प्रकारका वैदेशिक अनुदान सहयोगमा रोक लगाउने निर्णय ह्वाइटहाउसले स्थगित गरेको छ । जसले ट्रम्पलाई धक्का लागेको छ । विदेशी अनुदान वितरण ९० दिनका लागि स्थगित गर्ने राष्ट्रपति ट्रम्पको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएपछि ह्वाइटहाउस पछि हटेको हो ।

राष्ट्रपति ट्रम्पले यही २० जनवरीमा शपथ ग्रहणपछि विभिन्न मुलुकलाई बाँड्दै आएको अनुदान सहयोग ९० दिनसम्मका लागि स्थगित गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । त्यसपछि सबै देशहरुमा निर्णय कार्यान्वयनका लागि पत्राचार गरिएको थियो ।

उक्त निर्णयले अमेरिकी सरकारको सहायतामा भर पर्ने लाखौं व्यक्तिमा त्रास फैलिएको भन्दै जिल्ला अदालतका न्यायाधीश लोरेन अली खानको इजलासले निर्णय तत्काल यथास्थितिमा राख्न आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चार संस्था बीबीसीले उल्लेख गरेको छ ।

ट्रम्पको उक्त निर्णयले विश्वभर अमेरिकाको सहयोगमा सञ्चालित स्वास्थ्य, शिक्षा र विकाससँग सम्बन्धित कयौं प्रोजेक्टहरु बन्द हुने र ती क्षेत्रमा संलग्न व्यक्तिहरुको रोजगारी पनि संकटमा पर्ने चिन्ता व्यक्त हुँदै आएको थियो ।

ट्रम्पको उक्त निर्णयले नेपाललाई समेत प्रभाव पर्ने देखिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ