न्यूजिल्याण्डको एउटा पहाडलाई मानिस सरहको अधिकार प्रदान

माघ १८, २०८१

न्यूजिल्याण्डले एउटा पहाडलाई मानिस सरहको कानुनी अधिकार प्रदान गरेको छ । वर्षौंको वार्तापछि न्युजिल्याण्डको संसदले टारानाकी माउङ्गा नामको पहाडलाई कानुनी व्यक्तित्व प्रदान गर्ने विधेयक पारित गरेको बीबीसीले जनाएको छ ।

विधेयक अनुसार अब टारानाकी पहाड आफ्नो मालिक आफैं भएको छ । यसको व्यवस्थापन स्थानीय माओरी आदिवासी समुदाय र सरकारी प्रतिनिधिहरूको संयुक्त समितिले गर्नेछ । यो निर्णयले उपनिवेशकालमा माओरी समुदायमाथि भएको अन्याय र उनीहरूको जमिन अधिग्रहणको क्षतिपूर्ति गर्ने लक्ष्य राखेको बीबीसीले जनाएको छ ।

पहाडको औपचारिक नाम एगमोन्टबाट परिवर्तन गरी टारानाकी माउङ्गा कायम भएको छ । एगमोन्ट भन्ने नाम बेलायती अन्वेषक जेम्स कूकले १८ औँ शताब्दीमा दिएका थिए ।

सरकारले सन् १८६० को दशकमा स्थानीय माओरी समुदायबाट पहाड र दश लाख एकडभन्दा बढी जमिन अधिग्रहण गरेकोमा क्षमायाचनासमेत गरेको छ । यो पहाडमा सर्वसाधारणको पहुँचमा यथावत् रहने छ । दुई हजार पाँच सय १८ मिटर अग्लो यो पर्वत ज्वालामुखीबाट बनेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ