आमाको नामबाट नागरिकता लिन थप सहज बनाउन विधेयक

माघ २३, २०८१

काठमाडौँ — आमाको नामबाट नागरिकता लिने प्रक्रिया थप सहज बनाउने गरी कानुन संशोधन गर्न सरकारले विधेयक संसद्मा लगेको छ । नेपाल नागरिकता ऐन, २०६३ मा संशोधन गर्न बनेको विधेयकलाई गृह मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गराएको हो । विशेष गरी एकल आमाका सन्तानलाई नागरिकता प्राप्तिमा सहज पार्न नागरिकता ऐनलाई संशोधन गर्न खोजिएको छ ।

नेपाली आमाबाट विदेशमा जन्मिएर नेपालमा बसोबास गरेकालाई नागरिकता प्रदान गरिने व्यवस्था विधेयकमा छ । ‘नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले तोकिएबमोजिम स्वघोषणा गरेमा अंगीकृत नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ,’ विधेयकमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा गएका कतिपय नेपाली महिलाले बाध्यतात्मक परिवेशमा विदेशी नागरिकसँगको सम्पर्कबाट बच्चा जन्माउन पुगेका छन् । त्यस्ता बच्चाले बाबुको परिचय नखुलेकै कारण नेपालमा नागरिकता पाउन सकिरहेका छैनन् । गृह मन्त्रालयका कानुन महाशाखा प्रमुख भरतमणि रिजालले बेपत्ता बनेका विदेशी बाबु तर नेपाली आमाका सन्तानले नागरिकता नपाइरहेको समस्यालाई सम्बोधन गर्न कानुनमा संशोधनको प्रस्ताव ल्याइएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ