नेपाल तरुण दल धादिङको पाँचौ अधिवेशनको तयारी सुरु

फाल्गुन २, २०८१

धादिङ । नेपाल तरुण दल धादिङले आफ्नो पाँचौ जिल्ला अधिवेशनको तयारी प्रारम्भ गरेको छ ।

लामो समयदेखि रोकिएर बसेको तरुण दल जिल्ला शाखाको अधिवेशनको जिम्मेवारी पुरानै अध्यक्ष गोपाल विश्वकर्मालाई गर्नका लागि केन्द्रबाट परिपत्रभएपछि नेपाल तरुण दल धादिङले तोकिएको समयमा अधिवेशन सक्नका लागि कार्ययोजना सहित अभियान सुरु गरिएको छ ।

तरुण दल धादिङका अध्यक्ष गोपाल विश्वकर्माका अनुसार पहिलो चरणमा फागुन १ गतेदेखि फागुन ७ गतेसम्म सदस्यता वितरण तथा सप्ताहव्यापी तरुण जागरण अभियानको प्रारम्भ भएको छ । जस अन्तर्गत फागुन १ गते प्रत्येक वडामा तरुण दलको बोर्ड राखेर कार्यालय स्थापना गरेर सदस्यता वितरणको सुरुवात गर्ने, फागुन २ गते नेपाली काँग्रेसका अन्य भातृ तथा शुभेच्छुक संस्थासँग वडावडामा बैठक राख्ने, फागुन ३ गते जनप्रतिनिधि र वडा कार्यालयमा भ्रष्टाचार विरोधी कार्यक्रम गर्ने र ज्ञापनपत्र बुझाउने, फागुन ४ गते हरेक वडामा जनचेतनामूलक कार्यक्रम गर्ने, फागुन ५ गते पछाडि पारिएका समुदाय, फरक क्षमता भएका र प्रजातन्त्र सेनानीहरुसँग अन्तरसम्बाद गर्ने, फागुन ६ गते सबै वर्गा र जातजातिसँग संयुक्त चियापान तथा सहभोज गर्ने, फागुन ७ गते तरुण दलको सदस्यता माइन्युटमा उतार गर्ने जस्ता कार्यक्रम रहेका छन् ।

नेपाल तरुण दल धादिङका उपाध्यक्ष राधाकृष्ण भण्डारीका अनुसार फागुन १ बाट नेपाल तरुण दल धादिङको अधिवेशन लक्षित कार्यक्रम सुरुवात भएको छ । केन्द्रले दिएको समयावधीभित्र नै अधिवेशन सम्पन्न गर्नका लागि जिल्लाका सबै तरुणहरु एकबद्ध भएर अभियानमा लागि सकेको भण्डारीले जानकारी दिए ।

नेपाल तरुण धादिङले जिल्ला अधिवेशनका लागि वातावरण बनाउन नेपाली काँग्रेस धादिङ, काँग्रेस नेताहरु, क्षेत्रीय कार्यसमिति र तरुण दलका नेताहरुसँग छलफल कार्यक्रम सम्पन्न गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ