एलिसन नायक बनेको खेलमा पिएसजीविरुद्ध लिभरपुललाई साँघुरो अग्रता

फाल्गुन २२, २०८१

युरोपियन च्याम्पियन्स लिग फुटबलको पहिलो लेगमा लिभरपुलले संघर्षपूर्ण अग्रता बनाएको छ। पिएसजीको मैदानमा भएको पहिलो लेगमा लिभरपुल पूर्ण रुपमा निरीह रहेको थियो। खेल अवधिभर पिएसजीले दबाबमा राखेपनि अन्तिम समयमा लिभरपुलले गोल गर्दै खेलमा १-० को जित निकाल्यो।

अन्तिम १६ अन्तर्गतको पहिलो लेगमा लिभरपुलविरुद्ध घरेलु टोलीले २७ सट प्रहार गरेको थियो। जसमा लिभरपुलका गोलरक्षक एलिसनले ९ वटा उत्कृष्ट सटहरुको बचाउ गर्दै टिमलाई गोलखानबाट अन्तिम समयसम्म बचाइ रहे। गोलरक्षक एलिसनले खेलपछि आफूले जीवनकै उत्कृष्ट प्रदर्शन गरेको बताए।

तर, लिभरपुलले खेलको दोस्रो सट ८७ औं मिनेटमा प्रहार गरेको थियो। जुन गोलमा परिणत हुँदा १-० को अग्रता बनायो। हर्वी इलियटले टिमा लागि विजयी गोल गरेका थिए।

त्यसअघि पहिलो हाफमा काभरास्टखिलियाले गरेको गोल भिएआरले अमान्य अपसाइड घोषित गर्दा संभावित अग्रताबाट पिएसजी विमुख भएको थियो। अब अर्को मंगलबार लिभरपुलको मैदानमा दोस्रो लेगमा यी दुई टिमबिच प्रतिस्पर्धा हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ