इजरायलको आक्रमणबाट गाजामा एकैरातमा ३३० जना मारिए

चैत्र ५, २०८१

काठमाडौं । इजरायलले गाजामा फेरि भीषण आक्रमण थालेको छ । युद्धविराम लम्ब्याउने प्रयास असफल भएसँगै इजरायलले हवाई आक्रमण थालेको हो ।

पछिल्लो आक्रमणबाट गाजामा एकैरातमा कम्तीमा ३३० जना मारिएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये ५० र बालबालिका २८ महिला पनि छन् । दर्जनौँ घाइतेको अवस्था गम्भीर रहेको मन्त्रालयका प्रमुख मोहम्मद जाकतले बताएका छन् ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले सबै बन्धकलाई रिहा नगरेसम्म लडाइँ जारी रहने बताएका छन् ।

यसअघि, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा युद्धको मुख्य उद्देश्य हमासको सैन्य शक्ति नष्ट गरेर बन्धक फिर्ता ल्याउनु रहेको बताएका थिए ।

इजरायलले गत जनवरी १९ यताकै भीषण आक्रमण गरेको बीबीसीले जनाएको छ । त्यतिबेला युद्धविरामको सहमति कार्यान्वयनमा आएको थियो ।

इजरायलका प्रधानमन्त्री नेतान्याहुको कार्यालयले हमासले निरन्तरूपमा बन्धक रिहा गर्न र युद्धविराम लम्ब्याउने प्रस्ताव अस्वीकार गरेपछि आक्रमण थालेको प्रतिक्रिया दिएको छ ।

उता हमासले इजरायलले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ । सर्वसाधारणमाथि आक्रमण गरिरहेको इजरायललाई मध्यस्थकर्ताले रोक्नुपर्ने हमासको माग छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ