Fri. Jul 4th, 2025

धादिङमा एमालेको जागरणसभा, उज्यालोको विकल्प अध्याँरो हुन नसक्ने नेताहरुको दावी

धादिङ-नेकपा एमाले केन्द्रिय सचिव एवं पुर्व भुमि सुधार मन्त्री पद्मा अर्यालले नेपाली जनताले फालेको राजतन्त्र कहिल्यै फर्किन नसक्ने दावी गरेकी छन् ।

राजावादीले चैत्र १५ गते गरेको अराजक र हिंसात्मक आन्दोलनको घोर भत्र्सना गर्दै अर्यालले राजा फेरी सत्तामा आउने कुराको कल्पना समेत गर्न नसकिने बताइन् ।

गणतन्त्रको रक्षा, विकास र अराजक गलत प्रबृत्ति विरुद्ध नेकपा एमाले धादिङले गल्टीस्थित महेशदोभानमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै नेता अर्यालले राजाको पालामा सिटामोल खान नपाएर नेपाली जनताले मृत्युवरण गर्नुपरेको तथ्य आम नागरिकले बुझ्नुपर्ने स्पष्ट पारिन् ।

जनसभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवं धादिङ ईन्चार्ज खेम प्रसाद लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टी पुर्व राजाको पछाडी सति जान लागेको धारण राखे । चैत १५ गते भएको आन्दोलनको सम्पूर्ण जिम्मा पुर्व राजा ज्ञानेन्द्रले लिनुपर्ने उनले बताए ।

त्यस्तै नेकपा एमाले धादिङका अध्यक्ष भुमी प्रसाद त्रिपाठीले अँध्यारो मन पराउने तत्वहरुले देशमा भ्रमको खेती गरिरहेको बताए । ईतिहास कहिल्यै नर्फकने भन्दै त्रिपाठीले उज्यालोको विकल्पमा अध्यारो हुन नसक्नेमा जोड दिए ।

About The Author

अन्य समाचारहरु: