राष्ट्रपति ट्रम्प भन्छन्- ‘अमेरिकी कर नीति सबै देशका लागि’

चैत्र १८, २०८१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्तादेखि लागू हुने नयाँ कर सबै देशमा लागू हुने बताएका छन् । अप्रिल २ अर्थात् आउँदो बुधवारदेखि ठूलो मात्रामा नयाँ आयात शुल्क लगाउने घोषणा गरेका ट्रम्पले नयाँ कर सबै देशमा लागू हुने बीबीसीले जनाएको छ ।

ट्रम्पले यसलाई अमेरिकाको मुक्ति दिवस भनेका छन् । नयाँ कर पहिले नै लागू भइसकेका करहरू बाहेक थप हुनेछ । अमेरिकाले पहिले नै आल्मुनियम, स्टील र गाडीको आयातमा कर लगाएको छ । यसका साथै चीनबाट आउने सबै उत्पादनमा उच्च कर लगाइएको छ ।

ट्रम्पको यो घोषणापछि आज एशियाको शेयर बजारमा गिरावट देखिएको छ । ट्रम्पले एअर फोर्स वनमा पत्रकारहरूलाई आफ्नो सरकार व्यापारमा अन्य देशहरूभन्दा निकै उदार र दयालु हुने पनि बताएको खबरमा उल्लेख छ ।

गएको हप्ता ट्रम्पले अमेरिकी कर थोरै घटाउनसक्ने सङ्केत गरेका थिए । ट्रम्प प्रशासनका आर्थिक सल्लाहकार केभिन ह्यासेटले यी करहरू मुख्यतया अमेरिकासँग सबैभन्दा बढी व्यापार घाटा भएका १० देखि १५ वटा देशमा लागू हुने बताएका थिए तर उनले ती देशहरूको नाम भने उल्लेख गरेका थिएन ।

यी करहरूले अमेरिकालाई अनुचित व्यापार प्रतिस्पर्धाबाट जोगाउन र राम्रो व्यापार सम्झौताहरू हासिल गर्न मद्दत गर्ने ट्रम्पको विश्वास छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

सूचना विभागले रोक्यो अनलाइन दर्ता र नवीकरण

नगरको कार्यक्रममा जिल्ला प्रशासनले किन सुटुक्क झुण्डायो सार्वजनिक सुनुवाईको व्यानर ?

त्रिशुली नदीको छुट्टाछुट्टै ठाउँमा दुई शव भेटियो, वेनिघाटमा जलाइरहेको शव बग्यो

४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार, विद्यालयलाई चार लाख पुरस्कार !

धादिङको रामकोट सडकमा रुखसँगै उम्रिएको आशा

कोलम्बियामा एनआरएनएको ९२औं राष्ट्रिय समन्वय परिषद स्थापना