राष्ट्रपति ट्रम्प भन्छन्- ‘अमेरिकी कर नीति सबै देशका लागि’

चैत्र १८, २०८१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्तादेखि लागू हुने नयाँ कर सबै देशमा लागू हुने बताएका छन् । अप्रिल २ अर्थात् आउँदो बुधवारदेखि ठूलो मात्रामा नयाँ आयात शुल्क लगाउने घोषणा गरेका ट्रम्पले नयाँ कर सबै देशमा लागू हुने बीबीसीले जनाएको छ ।

ट्रम्पले यसलाई अमेरिकाको मुक्ति दिवस भनेका छन् । नयाँ कर पहिले नै लागू भइसकेका करहरू बाहेक थप हुनेछ । अमेरिकाले पहिले नै आल्मुनियम, स्टील र गाडीको आयातमा कर लगाएको छ । यसका साथै चीनबाट आउने सबै उत्पादनमा उच्च कर लगाइएको छ ।

ट्रम्पको यो घोषणापछि आज एशियाको शेयर बजारमा गिरावट देखिएको छ । ट्रम्पले एअर फोर्स वनमा पत्रकारहरूलाई आफ्नो सरकार व्यापारमा अन्य देशहरूभन्दा निकै उदार र दयालु हुने पनि बताएको खबरमा उल्लेख छ ।

गएको हप्ता ट्रम्पले अमेरिकी कर थोरै घटाउनसक्ने सङ्केत गरेका थिए । ट्रम्प प्रशासनका आर्थिक सल्लाहकार केभिन ह्यासेटले यी करहरू मुख्यतया अमेरिकासँग सबैभन्दा बढी व्यापार घाटा भएका १० देखि १५ वटा देशमा लागू हुने बताएका थिए तर उनले ती देशहरूको नाम भने उल्लेख गरेका थिएन ।

यी करहरूले अमेरिकालाई अनुचित व्यापार प्रतिस्पर्धाबाट जोगाउन र राम्रो व्यापार सम्झौताहरू हासिल गर्न मद्दत गर्ने ट्रम्पको विश्वास छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

ट्राफिक नियम उल्लङ्घन भएमा लाइसेन्स र ब्लुबुक नखोजिने

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

चीन–नेपाल सुरक्षा सहकार्यमा जोड

सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी

देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

यो पनि पढ्नुहोस