अमेरिकामा सङ्घीय स्वास्थ्यकर्मी कटौती गर्न शुरू

चैत्र २०, २०८१

अमेरिकी स्वास्थ्य सेवा मन्त्रालयले १० हजारको रोजगारी कटौती गर्ने उद्देश्यले सङ्घीय स्वास्थ्यकर्मी निकाल्न शुरू गरेको छ । कर्मचारीहरु कार्यालयको गेटमै रोकिएपछि मात्र उनीहरुलाई कामबाट निकालिएको थाहा भएको हो । मन्त्रालयको उच्च अधिकारीहरुको संलग्नतामै उनीहरुलाई कार्यालय प्रवेशमा रोकिएको बीबीसीले जनाएको छ ।अमेरिकी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडीले गएको हप्ता कर्मचारीलाई निकालिने घोषणा गरेका थिए ।

अमेरिकी राष्ट्रपतिको कार्यालयले गएको हप्ता खाद्य तथा औषधि प्रशासन (एफडीए) का ३ हजार ५ सय कर्मचारी हटाउने योजना रहेको बताएका थिए।

समग्रमा सङ्क्रामक रोगहरूको अनुगमन गर्ने, खाद्यान्न र अस्पतालहरूको निरीक्षण गर्ने र देशको लगभग आधा भागका लागि स्वास्थ्य बीमा कार्यक्रमहरूको निरीक्षण गर्ने मन्त्रालयले ठूलो पुनर्संरचना योजनाको हिस्साका रूपमा १० हजार रोजगारी कटौती गर्न लागेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ