मुक्ति समाज गजुरीको अध्यक्षमा भुवन मिजार निर्वाचित

चैत्र २१, २०८१

धादिङ । नेपाल उत्पीडित जातीय मुक्ति समाज गजुरी गाउँपालिका कमिटीको अध्यक्षमा भुवन मिजार निर्वाचित भएका छन् ।

विहिबार गजुरीमा सम्पन्न दोश्रो अधिवेशनबाट मिजार सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । २५ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्ष बद्री रोक्का, सचिव अन्जना मिजार, उपसचिव सर्मिला विक र रेशम विक निर्वाचित भएका छन् ।

अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले बागमती प्रदेशका इन्चार्ज राजन भट्टराईले विभेदबाट बच्नका लागि सम्पूर्ण उत्पीडित समुदाय एकजुट हुन आवश्यक रहेको बताए । ‘नेपालमा जातीय विभेद भएजस्तै अमेरिकामा छालाको रङ्गको विभेद र जापानमा छालाको काम गर्ने समुदायलाई पनि विभेद गरिन्छ। यो विभेदबाट बच्नको लागि सम्पूर्ण उत्पीडित समुदाय एकजुट हुनुपर्दछ’, भट्टराईले भने ।

कार्यक्रममा बोल्दै नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले उत्पीडित समुदायको एकताले सिंगो देशबासीलाई एक हुन प्रेरित गर्ने धारणा व्यक्त गरे । पछिल्लो समयमा नेपालमा उत्पन्न भइरहेको अराजकता र अराजक प्रवृत्ति विरुद्ध आवाज उठाउन पनि त्रिपाठीले पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिए ।

कार्यक्रममा मुक्ति समाजका केन्द्रीय सचिवालय सदस्य कुमार विश्वकर्मा, केन्द्रीय सदस्य दिलबहादुर रमतेल, बागमती प्रदेश सचिवालय सदस्य रिता परियार, बागमती प्रदेश कमिटीका सदस्य तथा गजुरी इन्चार्ज रमेश सुनार, मुक्ती समाजका जिल्ला संयोजक रामबहादुर विश्वकर्मा र जिल्ला सचिव रामजी परियार लगायत नेकपा एमाले गजुरी गाउँपालिका कमिटिका अध्यक्ष रामचन्द्र मिजारसहित प्रदेश र जिल्ला कमिटिका नेता कार्यकर्ताहरु सहभागी थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ