माओवादीको जागरण अभियान फेरि सुरु

बैशाख १, २०८२

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले केही समय स्थगन गरेको पूर्व–पश्चिम हुलाकी लोकमार्गकेन्द्रित ‘जनतासँग माओवादीः तराई मधेस जागरण अभियान’ फेरि सुरु गरेको छ । नयाँ वर्ष २०८२ सालको पहिलो दिन वैशाख १ गतेदेखि नवलपुरको गैंडाकोटबाट अभियान पुनः सुरु गरिएको हो ।

अभियानका लागि पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टिम गैंडाकोट पुगेको हो । माओवादीले फागुन १२ गते झापाको कचनकवलबाट अभियान सुरु गरेको थियो । अभियान अन्तर्गत अब नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला बाँकी रहेका छन् ।

आजबाट सुरु भएको अभियानमा पूर्वउपराष्ट्रपति समेत रहेका नन्दबहादुर पुन पनि जोडिएका छन् । यसअघि पार्टीको बैठकहरूमा सक्रिय भएपछि कुनै जिम्मेवारी नतोकिएको कारणले पुन अभियानमा हिँडेका थिएनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ