त्रिमुर्तीमा मोबाईल किन्दा धादिङ खहरेकी सजिनाले जितिन स्कुटर !

बैशाख १, २०८२

धादिङ – नीलकण्ठ नगरपालिका-३ बीचबजारमा रहेको त्रिमुर्ती मोबाईल हाउसको उपहार धमाकाको स्कुटर उपहार सजिना खड्काले जितेकी छिन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-७ खहरेकी सजिना खड्काले लक्की ड्र मार्फत टिभिएस एन्ट्रोक स्कुटर जितेकी हुन्।

धादिङको जिल्ला सदरमुकाम धादिङबेसी मिलनटोलमा रहेको त्रिमुर्ती मोबाईल हाउसले २०८१ सालमा मोबाईल खरिद गर्ने ग्राहकहरु मध्येबाट एक जनालाई लक्की ड्र मार्फत स्कुटर प्रदान गरेको हो । मोबाईल किन्दा स्कुटर जित्दा खुसी लागेको स्कुटर विजेता सजिना बताउँछिन् । `एसइई दिएर बसेको थिएँ । अफरमै २०८१ साल चैत १८ गते त्रिमुर्ती मोबाईल हाउसमा मोबाईल किनेँ । अहिले स्कुटर जितेँ खुसी छुँ´ उनले भनिन्- `एउटा मोबाईल किन्दा स्कुटर जितेँ, यो वर्ष मैले जितेँ । तपाईं पनि त्रिमुर्ती मोबाईल हाउस आएर मोबाईल किन्नुस्, अर्को पटक स्कुटर जित्ने पालो तपाईको हो ।´

त्रिमुर्ती मोबाईल हाउसले हरेक महिना ग्राहकहरुमध्येबाट एक जनालाई सुनको औँठी उपहार दिदै आएको प्रोपाइटर इश्वर श्रेष्ठले बताए ।`उपहारमा सुनको औँठी, पावर बैंक, स्माट वाच, एयरपर्टस्, एयरफोन लगायत विभिन्न सामाग्री दिदै आएको थिएँ ।  तर यो वर्ष स्कुटर थपेँ´ उनले भने- `ग्राहकहरुले विश्वास गरेर त्रिमुर्ती मोबाईल हाउसमा आउनुहुन्छ । थोरै बचेको फाइदाबाट विभिन्न उपहार दिदै आएको थिएँ । व्यवसाय सन्तुष्टि र फाइदा दुवै हो । विशेषत ग्राहकलाई सन्टुष्टि दिन र नयाँ वर्षमा नयाँ काम गर्ने सोचले स्कुटर लगायत विभिन्न सामाग्री उपहार दिएको हो ।´

त्रिमुर्ती मोबाईल हाउसले नव वर्षको अवसर पारेर एक कार्यक्रमका विच स्कुटर वितरण गरेको हो । सुनको औँठी, पावर बैंक, स्माट वाच, एयरपर्टस्, एयरफोन लगायत सामाग्री करिव एक सय जनालाई प्रदान गरिएको हो । विभिन्न खेल खेलाउदै उपहार दिएर ग्राहक तथा सहभागीहरुलाई नयाँ वर्ष रोचक समेत बनाएका थिए । अर्को वर्ष हिरोको जुम स्कुटरसाथै हरेक महिना सुनको औँठी लगायत विभिन्न उपहार वितरण गरिने प्रोपाइटर श्रेष्ठले बताए ।

त्यस्तै, नीलकण्ठ नगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका महिला विकास निरिक्षक निर्मला केसी र नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले नयाँ वर्षको शुभकामना दिदै त्रिमुर्ती मोबाईल हाउसले गरेको उपहार कार्यक्रमले व्यावसायिक क्षेत्रमा निकै ठूलो सहयोग हुने बताएका छ्न् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

ट्राफिक नियम उल्लङ्घन भएमा लाइसेन्स र ब्लुबुक नखोजिने

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

चीन–नेपाल सुरक्षा सहकार्यमा जोड

सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी

देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

यो पनि पढ्नुहोस