गाजा क्षेत्र कब्जा गर्ने इजरायलको निर्णय

बैशाख २३, २०८२

एजेन्सी । इजरायलले गाजा क्षेत्र कब्जा गर्ने निर्णय गरेको छ । सुरक्षा क्याबिनेट बैठकले गाजा कब्जा गर्ने योजना स्वीकृत गरेको हो । क्याबिनेटले हमास समूहविरुद्ध निर्णायक कारबाही गर्ने, त्यहाँका २१ लाख बासिन्दालाई स्थानान्तरण गर्ने र बन्धक रिहा गर्ने निर्णय गरेको छ ।

यसका लागि हमासविरुद्धको सैन्य कारबाहीलाई अझ व्यापक बनाइने भएको छ । इजरायलले दुई वर्षभन्दा बढी समयदेखि गाजामा निरन्तर आक्रमण गरिरहेको छ । यो बीचमा ५३ हजारभन्दा बढी मानिस मारिएका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले क्याबिनेटले हमासलाई नष्ट गर्ने र बाँकी बन्धक रिहाईका लागि बलपूर्वक अभियान चलाउने निर्णय गरिएको बताएका छन् ।

No data was found

यद्यपी, अर्को हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणपछि मात्र गाजा क्षेत्र कब्जा गर्ने निर्णय लागू हुने बताइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कहिले अन्त्य हुन्छ एम्बुलेन्समै बिरामीले प्राण त्याग्ने अवस्था

नेपालद्वारा होबार्ट हुरिकेन्सलाई १५५ रनको लक्ष्य

विकास र सुशासनको मुख्य मेरुदण्ड नै महिलाहरूको सक्रियता हो

९ सिटसम्मका निजी सवारीका लागि नागढुंगा सुरुङमार्ग खुला

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

यो पनि पढ्नुहोस