कुलमानलाई हटाउँदा प्रचण्डको मुटुमा गोली लागेको जस्तो गर्नुभयो : योगेश भट्टराई

बैशाख २४, २०८२

काठमाडौँ -नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउँदा मुटुमा गोली लागेको जस्तो गरेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् ।

उनले पूर्वप्रधानमन्त्री प्रचण्डले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हटाएको विषयलाई माओवादीले किन उचालेको भन्दै प्रश्न गरे। उनले प्रचण्डलाई बहालवाला प्रधानसेनापति र मुख्यसचिवलाई आफैँले हटाएको भन्दै आफूले गरेको बेथितितिर फर्केर हेर्न आग्रह गरे ।

उनले भने,‘ प्रचण्डलाई भन्न चाहन्छु, तपाईँले त प्रधानसेनापति नै हटाउनुभएको थियो त । एकपटक सम्झिनुस् त तपाईँले कसरी हटाउनुभएको थियो प्रधानसेनापतिलाई । अस्तिकै कार्यकालमा काम गरिरहेको मुख्यसचिवलाई हटाएर हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार पोस्ट खडा गर्नुभयो र अर्को मुख्यसचिव ल्याउनुभयो तपाईँले । यस्ता काम त गर्नुभयो तपाईँले । अनि केपी ओली सरकारले एउटा सहसचिवलाई हटाएकोमा यति ठुलो चिन्ता किन गरिरहनुभएको छ रु मुटुमै गोली लागेजस्तो किन भएको छरु के भएको ।’

सांसद भट्टराईले सहसचिव लेभलको कर्मचारीको सरकारसँग ट्युनिङ नमिलेकाले सरकारले उसको एउटा बन्दोबस्त गरेको बताए । उनले कुलमान हटाउनु प्रधानसेनापति हटाएजस्तो कुरा नभएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ