धादिङको भुमेस्थानमा मेरो माइक्रोफाइनान्सको वित्तिय साक्षरता कार्यक्रम

बैशाख २७, २०८२

धादिङ । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय भुमेस्थान धादिङमा बार्षिक केन्द्र प्रमुख गाेष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम  सम्पन्न भएको छ ।

नुवाकाेटको बट्टार शाखाका अनुगमन अधिकृत रबिन्द्र प्रसाद कडेलकाे प्रमुख आतिथ्य तथा थाक्रे गाउँपालिका-२ का वडाध्यक्ष टिकाराम तामाङकाे विशेष आतिथ्य सम्पन्न कार्यक्रममा ८० भन्दा धेरै केन्द्रहरुबाट सदस्यहरुको सहभागी थिए ।

कार्यक्रममा सम्पत्ति तथा बचतमा हुने जोखिम तथा न्यूनिकरण, केन्द्र गुणस्तर, बचत तथा कर्जाको महत्व लगायतका विषयमा छलफल भएको छ  ।

त्यस्तै कर्जा र बचतको व्यवस्थापन, बचत व्यवस्थापन गर्दा हुने फाईदाहरु,कर्जा सदुपयोगिता र महत्व, डिजिटल बैंकिङ भुक्तानी, संस्थाको नीतिनियम र सेवासुबिधा, एसएमएस सेवा र यसको प्रयोगबारे पनि जानकारी गराइएको शाखा प्रमुख दिनेश दहालले जानकारी दिनुभएको छ । कार्यक्रममा बार्षिक केन्द्र मुल्याङ्कनको आधारमा प्रथम , दोश्रो र तेस्रो गरि पुरस्कार समेत प्रदान गरिएको छ ।

मेरोमाईक्रो फाइनान्स लघुवित्तको यस शाखाले धादिङ जिल्लाको थाक्रे, धुनिबेसी, गल्छी, बेनिघाट रोराङ, सिद्दलेक गाउँपालिकाको दुरदराजसम्मका आम नागरिकलाई सहज र छरितो ढंगबाट सेवा प्रदान गर्दै आएको छ । शाखा प्रमुख दहाल भन्छन्–‘पछिल्लो समय धादिङका जनताको मन जित्न सफल त भएको छ नै वित्तीय चपेटामा परेका आम मानिसको सहयोगी बनेको छ ।`

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ