कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा कुनै निर्णय भएको छैन: मन्त्रालय

बैशाख २८, २०८२

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा कुनै निर्णय नभएको बताएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर यस्तो बताएको हो ।

सामाजिक सञ्जालमा ‘नेपाल सरकार र कोरिया सरकारबीच कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा सम्झौता भएको र भगिनी सम्झौता कायम गरेका पालिकाले मन्त्रालयमा सम्पर्क गर्नू’ भन्ने बेहोराको पत्र प्रेसित भएको भेटिएको भन्दै मन्त्रालयले यो सत्य नभएको बताएको छ ।

यसअघि मन्त्रालयले माघ २०८१ मा समेत स्पष्टीकरण सार्वजनिक गर्दै सम्झौता नभएको बताएको थियो । विज्ञप्तिमा मौसमी कामदारका विषयमा अहिलेसम्म कुनै मितिमा कुनै पनि सूचना आह्वान नभएको तथा आधारहीन र तथ्यहीन विषयमा मन्त्रालयको लेटरहेड र छापको दुरुपयोग गरिएको उल्लेख छ ।

No data was found

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

निवृत्त शिक्षकको अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

अमेरिकासँग वार्ता नहुने इरानको स्पष्ट अडान

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

यो पनि पढ्नुहोस