लुम्बिनीमा सुरु भयो बुद्ध जयन्ती समारोह, प्रधानमन्त्रीद्वारा उद्घाटन

बैशाख २९, २०८२

बुद्ध जन्मस्थल लुम्बिनीमा २५६९औं बुद्ध जयन्ती समारोह सुरु भएको छ र यसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्।
समारोहमा विभिन्न देशका प्रतिनिधि, भिक्षु, र स्थानीय नागरिकहरू सहभागी भएका छन् र विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन्।
लुम्बिनी विकास कोषले यस समारोहका लागि एक करोड रुपैयाँ खर्च गरेको छ र शोभा यात्रा समेत निकालिएको थियो।

२९ वैशाख, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा २५६९औं बुद्ध जयन्ती समारोह एवं लुम्बिनी दिवस मूल समारोह सुरु भएको छ ।

समारोहको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन् । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य , संघीय र प्रदेश सांसद हरू , विभिन्न देशका राजदूत, भिक्षु, भिक्षुणी, उपासक, सर्वसाधारण लगाएतको उपस्थिति छ । बुद्ध जयन्तीअन्तर्गत आइतबारदेखि नै लुम्बिनीमा विभिन्न कार्यक्रम सुरू भएका थिए ।

आज सोमबार मूल समारोहसँगै कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको देवदह र पश्चिम नवलपरासीको रामग्राममा भोलि मंगलबारसम्म विभिन्न कार्यक्रम गरिँदै छन् ।बुद्ध जयन्ती मनाउन लुम्बिनी विकास कोषले एक करोड बजेट खर्च गर्दैछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

जलनबाट रावतको निधन

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

‘गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ’

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

यो पनि पढ्नुहोस