
धादिङ । धादिङबाट पोखरा जाँदै गरेको ग १ ज ८६३० नम्बरको विधुतीय माइक्रोबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका-३२ मा पर्ने तनहुँको सिमानामा दुर्घटना हुँदा दुई जना महिला र ए जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
पोखरा महानगरपालिका-२५ हेम्जाका झाङमाया गुरुङको सनाखत भएको छ भने दुई जना पुरुषको शनाखत हुन बाँकी छ ।
दुर्घटनामा घाइते भएका आठ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।
हावाहुरी सहित पानी परिरहेको अवस्थामा दुर्घटना भएपनि दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए ।