Thu. May 15th, 2025

इन्स्पेक्टरले जवानलाई कुटेको घटनामा छानबिन समिति गठन

काठमाडौं -काठमाडौंको नागढुंगामा ट्राफिक इन्स्पेक्टरले जवानलाई कुटेको घटना छानबिन गर्न समिति गठन गरिएको छ ।
इन्स्पेक्टर जितेन्द्र साहले जवान मदनराज खड्कालाई कुटेको घटनाको छानबिन गर्न एसपी पदम बहादुर विष्टको नेतृत्वमा समिति गठन गरिएको हो । घटनापछि इन्स्पेक्टर साह र जवान खड्का दुवैलाई जिम्मेवारीबाट हटाइएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा इन्स्पेक्टरले जवानलाई चड्कन हानेको देखिन्छ । उपत्यका प्रहरी कार्यालयले गठन गरेको समितिमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी र जिल्ला प्रहरी परिसर काठमाडौँका इन्स्पेक्टर सदस्य छन् । साहलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयमा र खड्कालाई जिल्ला प्रहरी परिसरमा झिकाइएको छ ।

About The Author

अन्य समाचारहरु: