प्रधानमन्त्रीद्वारा पदक विजेता टेबिल टेनिस खेलाडीलाई बधाई

जेठ ५, २०८२

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एशियाली युथ टेबल टेनिस प्रतियोगिता’ मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा उनले भविष्यका आशालाग्दा युवा खेलाडीलाई बधाई दिँदै उच्च मनोबलका साथ मेहनत गरेर विश्व प्रतिस्पार्धामा विजयी हुन शुभकामना दिए ।

अखिल नेपाल टेबल टेनिस सङ्घले गएको अप्रिल २४ देखि २७ सम्म काठमाण्डौमा आयोजित प्रतियोगितामा १ स्वर्ण, ६ रजत र ५ कांस्यसहित नेपालले १२ वटा पदक जितेको थियो । प्रतियोगिताको १९ वर्षमुनिको ब्वाइज टिम इभेन्टमा नेपालका प्रवेश बस्नेत, गनञ्जय दाहाल, हिमाल विष्ट र रुविन महर्जनको टोलीले स्वर्ण पदक जितेको थियो ।

No data was found

प्रधानमन्त्री ओलीले विजेता र सहभागीलाई टेबल टेनिस खेल्न लगाई अवलोकनका साथै उनीहरूसँग आफूूले पनि केहीबेर खेलेर प्रोत्साहन गर्नुभएको थियो । साथै ओलीले उत्कृष्ट र सहभागी खेलाडीहरूलाई आफ्नो तर्फबाट आकस्मिक रूपमा नगद पुरस्कार प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

दसैँ, तिहार र छठको अवसरमा एडभान्स एकेडेमीमा विशेष कार्यक्रम

पुल बगेसँगै आरुघाट बजार सुनसान, धादिङबेसीको आपूर्ति व्यवस्था ठप्प

बाढीसँगै बग्यो स्याउलीबजार सुकुम्बासी बस्तीको दशैं मान्ने सपना

यो पनि पढ्नुहोस