Mon. May 19th, 2025

मायोपिया नियन्त्रणका लागि दृष्टि आई केयरको साताव्यापी अभियान सुरु

काठमाडौं । विश्वभर तीव्र गतिमा बढीरहेको मायोपिया (दृष्टि दोष) प्रति आम नागरिकमा सचेतना जगाउन दृष्टि आई केयर सिस्टमले जेष्ट ५ देखि ११ गतेसम्म “मायोपिया जनचेतना सप्ताहका” को घोषणा गरेको छ ।

दृष्टिको काठमाण्डौ, विरगञ्ज र बिर्तामोड शाखाहरुबाट सञ्चालन हुने अभियान अन्तरगत विविध जनचेतनामूलक कार्यक्रमहरु आयोजना गरिने छ । जेठ १० गते शनिवार विहान ७ बजे दृष्टि आई केयर सिस्टमका तीनवटै शाखाहरु काठमाडौ कलंकी, विरगञ्ज र विर्तामोडबाट एकैसाथ मायोपिया जनचेतना ¥यालीको आयोजना गरिएको छ ।

¥यालीमा आँखा स्वास्थ्यसँगसम्बन्धीत संघ संस्था, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, युवा विद्यार्थी र स्थानीय समुदायको सहभागीता रहने दृष्टिले बताएको छ । सप्ताह अन्तरगत सामुदायिक विद्यालयहरुमा स्कूल स्क्रिनिङ शिविर सञ्चालन गरिने छ । शिविरमा परीक्षण गरिएका विद्यार्थीहरुलाई दृष्टि आई केयरका सबै शाखाहरुमा निःशुल्क रुपमा विस्तृत परीक्षण सेवा प्रदान गरिने बताइएको छ ।

दृष्टिले अभियान भित्र १७ बर्षसम्मका सबै विद्यार्थीहरुले अग्रिम नाम दर्ता गराई आँखा परीक्षण गर्न आउने सबैलाई निःशुल्क सेवा उपलब्ध गराउने जानकारी दिएको छ । साथै चस्मा तथा मायोपिया नियन्त्रणका विशेष लेन्सहरुमा छुट दिने बताएको छ । समयमै परीक्षण र नियन्त्रण नभए बालबालिका र युवाहरुकाबीच मायोपिया विश्वव्यापी रुपमै प्रमुख चुनौति बन्दै आएको छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०५० सम्म विश्वको आधा जनसंख्या मायोपियाबाट प्रभावित हुने अनुमान गरेको । यही अवस्थालाई ध्यान दिदै मायोपिया रोकथाम र उपचारका उपायाहरुबारे जानकारी दिने उदेश्यका साथ साताव्यापी कार्यक्रम आयोजना गरिएको कार्यकारी निर्देशक डा. भाईराजा श्रेष्ठले जानकारी दिए । दृष्टि आई केयरको वेबसाईट www.drishtieye.org मा रहेको क्याल्कुलेटरको माध्यमबाट सबैले निःशुल्क रुपमा आफ्नो र आफ्ना बालबालिकाको मायोपिया जोखिमको अवस्था थाहा पाउन सकिने श्रेष्ठले बताए ।

About The Author

अन्य समाचारहरु: