कोलम्बियामा एनआरएनएको ९२औं राष्ट्रिय समन्वय परिषद स्थापना

जेष्ठ २७, २०८२

कोलम्बियामा गैरआवासीय नेपाली संघ (एनआरएनए)को ९२औं राष्ट्रिय समन्वय परिषद (एनसीसी) स्थापना भएको छ ।

संघको अमेरिका क्षेत्रीय संयोजक वेध बस्नेतका अनुसार कोलम्बियामा गठन गरिएको तदर्थ समितिलाई आइतबार (२५ जेठ) मा बसेको संघीय पदाधिकारी बैठकले औपचारिक मान्यता दिएको हो । यसअघि एनआरएनएले ९१औं शाखाको रूपमा आइसल्याण्डमा राष्ट्रिय समन्वय परिषद गठन गरेको थियो ।

कोलम्बिया तदर्थ समितिको अध्यक्षमा छत्रबहादुर मैनाली, उपाध्यक्षमा लालबहादुर गुरुङ, महासचिवमा सुन्दर तामाङ, सचिवमा धनबहादुर तामाङ, उपसचिवमा प्रेमबहादुर छेत्री र कोषाध्यक्षमा मिथुन थापा चयन भएका छन् भने सदस्यहरूमा जितबहादुर गुरुङ, प्रविना राई र कमल शर्मा रहेका छन् ।

यस्तै, सल्लाहकार समिति सदस्यमा हर्कराम गुरुङ र उमेश थापालाई चयन गरिएको छ । समिति गठनले अबका दिनमा स्थानीय नेपाली समुदायलाई अझ संगठित बनाउने, संस्थाका नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्ने र एनआरएन अभियानलाई अझ प्रभावकारी बनाउने विश्वास लिइएको छ ।

नवगठित समितिले आगामी जुलाई महिनाभित्र संघको केन्द्रीय सदस्यता प्रणाली (एनआइएस) अन्तर्गत सदस्यता लिएपछि मात्र अक्टोबरमा हुने संघको १२औं महाधिवेशनमा सहभागिता जनाउन पाउने छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

बागमती प्रदेश प्रमुख देवकोटासमक्ष वार्षिक प्रतिवेदन पेस

प्रेसलाई नियन्त्रण गर्ने सरकारको  मनसाय छैनः सञ्चारमन्त्री डा तिमिल्सिना 

तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य

प्रतिनिधिसभाः विपद्, सुकुमवासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण

नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री वाग्ले

राजस्थानको प्लेअफ सम्भावना कायम

यो पनि पढ्नुहोस