पिपलभञ्ज्याङका एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

असार २४, २०८२

धादिङ । धादिङ जिल्ला बेनिघाट रोराङ गाउँपालिक–२ स्थित पिपलभञ्ज्याङ माध्यामिक विद्यालयबाट एसईई उत्तीर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।

महादेवस्थान सामुदायिक सिकाइ केन्द्रको आयोजना तथा पिपलभञ्ज्याङ माविको सहआयोजनामा शैक्षिक सत्र २०८१ मा एसईई उत्तीर्ण हुने विद्यार्थीहरुलाई सम्मान सहित आगामी पठाइको बारेमा काउन्सिलिङ गरिएको हो । भविष्य निर्माणको लागि मार्ग दर्शन गरेको गर्दै उच्च शिक्षाको अध्ययन, रोजगारीको संभावना, राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा नेपालका विद्यार्थीको पहुँचको संभाव्यताका बारेमा शिक्षासेवी रमेश अधिकारीले प्रशिक्षण दिएका हुन् ।

विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल ४ जना शिक्षकहरुलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको छ । विद्यार्थी र शिक्षकहरुलाई सम्मानपत्र प्रदान गर्दै बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाले पालिकाभित्रको शैक्षिक सुधारको निम्ती सबै जनप्रतिनिधि सकारात्मक रहेको बताए । स्कुलका भौतिक संरचना लगायत अन्य कुनै पनि समस्याको समाधान गर्न पालिका तयार रहेकोे पनि उनले बताए ।

No data was found

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष हेमराज भुजेलले आउने वर्ष को एसईई शतप्रतिशत रिजल्ट ल्याउने विद्यालय र चार जिपिए ल्याउने विद्यार्थीलाई भव्य सम्मान गरिने बताए ।

यो वर्ष नियमित तर्फ उत्तीर्ण ३६ जना बिद्यार्थीलाई सम्मान गरिएको सिकाई केन्द्रका अध्यक्ष अमृत विश्वकर्माले जानकारी दिए । कार्यक्रमकै अवसरमा पिपलभञ्ज्याङ माध्यामिक विद्यालयमा लामो समय प्रधानाध्यापकको जिम्मेवारी समाल्दै करिब ४२ बर्ष अध्यापन गरेका नानीबाबु लोहनीलाई पनि प्रशंसापत्रद्वारा सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

घमाइलो मौसममा रमाइलो दसैँ

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

सभापति लामिछाने भारत जाँदै

यो पनि पढ्नुहोस