सूचना विभागले रोक्यो अनलाइन दर्ता र नवीकरण

श्रावण २२, २०८२

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रशारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण स्थगित गरेको छ।

मंगलबार एक सूचना जारी गर्दै विभागले अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम हुँदै आएको अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता तथा नवीकरणको काम स्थगन गरेको हो। अब अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको काम जिल्ला प्रशासन कार्यालयबाट हुनेछ।

सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐनमार्फत छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ संशोधन गरेपछि विभागले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको काम रोकेको छ।

No data was found

साउन १४ गते कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले उक्त संशोधन गरिएको ऐन राजपत्रमा प्रकाशित गरेको थियो। संशोधनपछि उक्त ऐनको दफा ७क। पछि ७खमा अनलाइन सञ्चारमाध्यम दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।
सूचना तथा प्रशारण विभागमा अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण हुनेमा संशोधन पछि भने अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न चाहने व्यक्तिले त्यस्तो सञ्चारमाध्यम दर्ता गर्नको लागि तोकिएको दस्तुरसहित तोकिएको ढाँचामा स्थानीय अधिकारीसमक्ष निवेदन दिनुपर्ने व्यवस्था गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

दसैँ, तिहार र छठको अवसरमा एडभान्स एकेडेमीमा विशेष कार्यक्रम

पुल बगेसँगै आरुघाट बजार सुनसान, धादिङबेसीको आपूर्ति व्यवस्था ठप्प

यो पनि पढ्नुहोस