अम्पायरिङ र क्रिकेट गतिविधिमा संलग्न नगराउन क्यानको निर्देशन

भदौ १, २०८२

रुपन्देही । नेपाल क्रिकेट संघ (क्यान) ले लुम्बिनी प्रदेश क्रिकेट संघका निवर्तमान अध्यक्ष सञ्जय गुरुङलाई कुनै पनि क्रिकेट गतिविधिमा संलग्न नगराउन निर्देशन दिएको छ ।

लुम्बिनी प्रदेश क्रिकेट संघलाई पत्राचार गर्दै क्यानले गुरुङलाई अम्पायरिङलगायत कुनै पनि क्रिकेट गतिविधिमा संलग्न नगराउन भनेको हो । क्यानको साउन १५ गतेको बैठकले गुरुङलाई क्रिकेट गतिविधिमा संलग्न नगराउने निर्णय गरेको थियो । तर, बैठकको निर्णय आइतबारमात्रै प्रदेश क्रिकेट संघलाई जानकारी गराइएको छ ।

क्यानका महाप्रबन्धक उत्सव ढुङ्गान्नाले कार्यवाहक अध्यक्षलाई पठाएको पत्रमा भनिएको छ, ‘लुम्बिनी प्रदेश क्रिकेट संघका पूर्वअध्यक्ष संजय गुरुङले नेपाल क्रिकेट संघविरुद्ध मुद्दा दायर गर्नुका साथै संघका अध्यक्षविरुद्ध विभिन्न संचार माध्यमहरुमा नकारात्मक टिकाटिप्पणी एवं मिथ्या आरोप लगाएको सम्बन्धमा मिति २०८२।४।१५ गतेको नेपाल क्रिकेट संघ केन्द्रीय कार्यसमितिको बैठकबाट निजलाई अर्को निर्णय नभएसम्मको लागि अम्पायरिङलगायत कुनै पनि क्रिकेट गतिविधिहरुमा संलग्न नगराउने निर्णय भएको हुँदा निजलाई अम्पायरिङ लगायत कुनै पनि क्रिकेट गतिविधिहरुमा संलग्न नगराउनुहुन निर्देशानुसार अनुरोध गर्दछु ।’

No data was found

पत्रको बोधार्थ जिल्ला क्रिकेट संघ र नेपाल क्रिकेट अम्पायर्स तथा स्कोरर्स संघलाई दिइएको छ । अन्तर्राष्ट्रिय अम्पायरसमेत रहेका गुरुङ रुपन्देही क्रिकेट संघका सचिवसमेत हुन् । क्यानको यो निर्णयले गुरुङको सचिव पद पनि निलम्बित भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’ को परीक्षण सुरु

नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

बाढीपीडितका समस्या समाधानमा सांसदहरूको जोड

कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

यो पनि पढ्नुहोस