रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

कार्तिक २४, २०८२

रूसले युक्रेनका ऊर्जाकेन्द्र र आवासीय क्षेत्रहरूलाई लक्ष्य गरेर भीषण आक्रमण गरेको छ।

गएराति रूसले युक्रेनी भूभागहरूमा ४५० भन्दा बढी बमवर्षक ड्रोन र ४५ वटा मिसाइल प्रहार गरेको हो।

आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

No data was found

ड्निप्रो सहरमा एउटा आवासीय भवनमा भएको आक्रमणमा दुई जनाको मृत्यु र १२ जना घाइते भएका छन्।

त्यस्तै जापोरिज्जिया क्षेत्रमा तीन जनाको ज्यान गएको छ।

युक्रेनका प्रधानमन्त्री युलिया स्विरिदेन्कोका अनुसार पोल्टाभा, खार्किभ र किभ क्षेत्रका प्रमुख ऊर्जा संरचनाहरूमा ठूलो क्षति पुगेकाले विद्युत् र ताप आपूर्तिमा अवरोध भएको छ ।

बिबिसीका अनुसार राजधानी किभसहित देशभरका २५ स्थानमा हवाई हमला भएको थियो।

ऊर्जा मन्त्रालयका अनुसार निप्रोपेत्रोभ्स्क, चेरनिहिभ, जापोरिज्जिया, ओडेसा र किराभोहराद क्षेत्रहरूमा विद्युत् आपूर्ति रोकिएको छ, तर मर्मत कार्य जारी छ।

युक्रेनी वायुसेनाका अनुसार ४५ मिसाइलमध्ये ९ वटा र ४५० भन्दा बढी ड्रोनमध्ये ४०६ वटा हवाई प्रतिरक्षा प्रणालीले निस्तेज पारेको थियो।

युक्रेनले पनि गएराति रूसी भूभागहरुमा ड्रोन हमला गरेको थियो।

रूसी रक्षा मन्त्रालयले रातभरमा ७९ युक्रेनी ड्रोन नष्ट गरेको दाबी गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

दसैँ, तिहार र छठको अवसरमा एडभान्स एकेडेमीमा विशेष कार्यक्रम

पुल बगेसँगै आरुघाट बजार सुनसान, धादिङबेसीको आपूर्ति व्यवस्था ठप्प

बाढीसँगै बग्यो स्याउलीबजार सुकुम्बासी बस्तीको दशैं मान्ने सपना

यो पनि पढ्नुहोस