आज धादिङ जिल्लाभर बृहत् जनप्रदर्शन गर्दै नेकपा एमाले

कार्तिक २६, २०८२

नेकपा एमाले धादिङले आज जिल्लाभर बृहत् जनप्रदर्शन आयोजना गरेको छ ।

जिल्लाको १३ वटै पालिकाहरुमा बृहत जनप्रदर्शन सहित छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएको नेकपा एमाले धादिङले जनाएको छ ।

जेन(जी आन्दोलनपछि देशभर फैलिदै गएको अराजकता र विध्वंस विरुद्ध खबरदारी गर्न र अपराधिहरूलाई दण्डित गर्न माग गर्दै जनप्रदर्शनको आयोजना गरिएको एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले जानकारी दिनुभयो । मुलुकमा प्राप्त उपलब्धिहरूको रक्षा र संविधानअनुसार संसद पुनःस्थापनाका लागि पनि प्रदर्शन महत्वपूर्ण रहेको उहाले बताउनुभयो ।

No data was found

लोकतन्त्रको जगेर्ना, संविधानको रक्षा र संसद पुनःस्थापनाको दबाव सिर्जना गर्ने उद्देश्यले धादिङका १३ वटै पालिकाका कमिटीहरूले जनप्रदर्शनसहित छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेको एमाले धादिङका सचिव राधिका सापकोटाले जानकारी दिनुभयो ।

आफ्नो पालिकामा हुने कार्यक्रमहरु भव्य बनाउन नेकपा एमालेका नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई सहभागिताको लागि एमालेले आव्हान गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’ को परीक्षण सुरु

नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

बाढीपीडितका समस्या समाधानमा सांसदहरूको जोड

कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

यो पनि पढ्नुहोस