तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना   

कार्तिक २६, २०८२

काठमाडौँ :  तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना घटेको प्रेस काउन्सिल नेपालले जनाएको छ । गत साउन १ गतेदेखि गत असोज ३१ गतेको अवधिमा सो सङ्ख्यामा प्रेस स्वतन्त्रता हननका घटना भएको काउन्सिलले जनाएको हो ।

तीमध्ये सबैभन्दा धेरै आक्रमण/कुटपिटका ३४ घटना रहेको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता दीपक खनालले जानकारी दिनुभयो । त्यसैगरी धम्की÷दुव्र्यवहारका १०, पेसागत असुरक्षाका आठ, कब्जा÷अवरोधका पाँच र नीतिगत बन्देजका दुई घटना घटेको जनाइएको छ ।

प्रदेशअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ४४, मधेस प्रदेशमा ६, लुम्बिनीमा चार, कोशीमा तीन, सुदूरपश्चिममा एकवटा घटना घटेका छन् । लैङ्गिक आधारमा यस अवधिमा भएका घटनामा ४३ पुरुष र तीन महिला गरी ४६ जना पत्रकार पीडित भएको पाइएको छ । यस अवधिमा प्रेस स्वतन्त्रता दुरुपयोगका दुई घटना घटेकामा बागमती प्रदेशमा एक र मधेस प्रदेशमा एक घटना घटेका हुन् ।

No data was found

यसैबीच प्रेस काउन्सिल नेपालको एक टोलीले जेनजीको नाममा गत भदौ २३ र २४ गतेको प्रदर्शनका कममा काठमाडौँ उपत्यकाका सञ्चारमाध्यममा भएको तोडफोड, आगजनीबारे स्थलगत अनुगमन गरेको थियो ।रासस

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बाढीले बगाएको सुनका गरगहना लुकाउने एकजना गजुरीबाट पक्राउ

बाढीले बगाएपछिको फुर्केखोला पुल र नदीले कटान गरेको तटीय क्षेत्र (तस्बिरहरु)

माथिल्लो त्रिशूली–१ मा भेटियो ७ जनाको शव

प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ

एसिसी प्रिमियर कपः फाइनल खेलमा आसिफको शतक, नेपाल बलियो स्थितिमा

यो पनि पढ्नुहोस