औचित्य सकिएको विज्ञप्ति जारी गर्दै समाजवादी मोर्चाबाट बाहिरिए विप्लव

कार्तिक २७, २०८२

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेको छ । बुधबार (कात्तिक २६) मा पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै आफ्नो पार्टी मोर्चाबाट अलग भएको घोषणा गरेका हुन् ।

मोर्चाले भ्रष्टाचारविरुद्धको संघर्ष, राष्ट्रिय स्वाधिनता एवं राज्यको अग्रगामी रुपान्तरणमा केही महत्त्वपूर्ण काम गरे पनि जुन रफ्तारमा काम गर्नुपर्ने हो त्यो सम्भव नबनेको विप्लवले उल्लेख गरेका छन् ।

साथै ‘जेनजी विद्रोह’पछि नेपालको राजनीतिकि परिवेश र धारणामा व्यापक फेरबदल आएको उनको भनाइ छ । मोर्चामा आबद्ध चार पार्टीमध्ये तीन पार्टीले नेपाली कम्युनिस्ट पार्टीसमेत बनाइसकेको अवस्थामा मोर्चाको औचित्य नभएको उनले उल्लेख गरेका छन् ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित

घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

यो पनि पढ्नुहोस