थोपलमाथी तोरन तारेर पशुपति जात्राको विसर्जन (तस्बिरहरु)

मंसिर ४, २०८२

धादिङ । धादिङबेसीस्थित पशुपति मन्दिरको जात्रा सकिएको छ । मंगलबार साँझबाट सुरु भएको जात्रा बुधबार विहान थोपल खोलामा फुलले सजाईएको तोरन तारेपछि सकिएको हो ।

बाला चतुर्दशीको अघिल्लो रात भक्तजनहरुले जाग्राम बसेर बत्ति बाल्ने, भजनकृतन गर्ने गर्दछन् । पितृहरुको सम्झनामा रातभर मन्दिर प्राङ्गढमा बसेर बत्ति बाल्दै भजनकृतन गर्ने र विहान भएपछि सतविज छर्ने चलन रहिआएको छ ।

No data was found

रातभर बालेको बत्ति र फुलअछेता नजिकैको खोलामा स्नान गरेर सेलाउने चलन छ । जात्रामा भजनकृर्तन गर्ने र रातभर जागाराम बसेर पितृहरुको नाममा महाद्विप बाल्ने गरिन्छ ।

गाउँ गाउँबाट फुलको डोली ल्याउने र मृतक आफन्तको नामामा शतबिज छर्ने चलन छ । मनोकामना पुरा होस् भनेर घरमै पुजा लगाएर फुलको डोली पनि लैजाने चलन छ ।

फुलको डोली ल्याउने भक्तजनहरुले नीलकण्ठ–१२ मा रहेको मन्दिर परिसरबार नीलकण्ठ–३ को पिपलबोटमा फुलको तोरन तार्ने प्रचलन रहेको छ ।

 

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

बाढी प्रभावितलाई चिनियाँ सहयोग

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छः  सञ्चारमन्त्री

यो पनि पढ्नुहोस