‘मिसन २०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण सामग्री हस्तान्तरण   
राष्ट्रिय समाचार समिति

मंसिर १३, २०८२

‘मिसन २०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण सामग्री हस्तान्तरण

काठमाडौँ :  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जापानमा आयोजना हुन लागेको २०औँ एसियाली खेलकुदका लागि खेलाडीहरूलाई प्रशिक्षण सामग्री (किट) हस्तान्तरण गरेको छ ।

स्वर्णसहित दोहोरो अङ्कको पदक लक्ष्य राखेर अघि बढाइएको ‘मिसन २०२६’ कार्यक्रमअन्तर्गत आज यहाँ कभर्ड हलमा आयोजित कार्यक्रममा राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले खेलाडीहरूलाई किट हस्तान्तरण गर्नुभयो ।

सदस्य–सचिव घिसिङले खेलाडीहरूलाई आवश्यक प्रशिक्षण सामग्री प्रदान गर्दै आगामी एसियाली खेलकुदको तयारीलाई थप प्रभावकारी बनाइने बताउनुभयो । उहाँका अनुसार खेलकुद संरचना, प्रविधि र वैज्ञानिक प्रशिक्षण प्रणालीलाई सुदृढ गर्दै नेपालले २०२६ को खेल मञ्चमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

कार्यक्रममा प्रशिक्षक, खेलाडी तथा राखेपका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धादिङका नवउद्यमीहरूलाई व्यवसाय संवर्द्वन सेवा तालिम

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक राईलाई

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति