न्यायधीस नै प्रयोग गर्छन् गाँजा मुद्दामा बरामद भएको भारतीय गाडी 
pabilnews

मंसिर १४, २०८२

शंकर श्रेष्ठ , धादिङ : लागुऔषध (गाँजा) सहित बरामद भएको भारतीय नम्बरको गाडी धादिङ अदालतका न्यायधीस र कर्मचारीहरुले प्रयोग गर्ने गरेको पाइएको छ ।
एक सय ४३ किलो गाँजासहित बरामद गरी विचाराधिन मुद्दामा रहेको बि.आर. ०६ पि. सी ११६७ नम्बरको भारतीय गाडी न्यायधिस र कर्मचारीहरुले व्यक्तिगत काममा प्रयोग गर्ने गरेको भेटिएको हो ।
मुद्दा चलिरहेको केशको कुनै पनि वस्तु न्यायधिसले नै प्रयोग गर्न खोज्नु न्यायिक स्वन्त्रता र निष्पक्षता विरुद्ध मानिन्छ । बरामद भएका कुनै पनि वस्तु वा सवारीसाधन नेपाल सरकारको नाममा हस्तान्तरण नभएसम्म कसैले पनि प्रयोग पाइदैन । तर, प्रमाण सुरक्षित राख्नुपर्ने निकायका जिम्मेवारहरुले नै आचारसंहिता मिच्दै विचाराधिन मुद्दामा रहेको सवारी प्रयोग गरेका छन् ।
न्यायधीस र कर्मचारीहरुले निर्वाध रुपमा प्रयोग गरिरहेको सवारीसाधनका विषयमा सामाजिक संजालहरुमा समेत सार्वजनिक हुन थालेपछि यसले जिल्लाभर चर्चा पाएको छ । बरामद भएर मुद्दा विचाराधिन अवस्थामा रहेको गाडी पटक पटक सडकमा गुडिरहेको देखिएपनि पछिल्लो पटक मंसिर ११ गते प्रयोग गरेर अदालतको मुल ढोका अगाडि पार्किङमा राखिएको तस्बिर सामाजिक संजालमा छ्याप्छ्याप्ती बनेको छ ।
धादिङको वेनिघाट रोराङ गाउँपालिका–२ आँपटारबाट २०८२ असार ३० गते राती अन्दाजी २ बजेर ४५ मिनेटमा १४३ किलो ८४० ग्राम गाँजासहित बि.आर.०६ पि. सी ११६७ नम्बरको भारतीय गाडी प्रहरीले बरामद गरेको थियो । गाँजा र गाडीसँगै पक्राउ परेका प्रतिवादी पुर्पक्षको लागि थुनामा छ । मुद्दा कार्बाहियुक्त अवस्थामा छ ।
विचाराधिन मुद्दाको वस्तुको प्रमाण सुरक्षित राख्नु अदालत र प्रहरीको दायित्व हो । न्यायधीसहरुले कार्यान्वयन गर्नुपर्ने आचारसंहितामा यस्तो वस्तु प्रयोग गर्नु अनियमितता ठहर हुन्छ र आचारसंहिता उल्लंघनमा कार्बाहिमा पर्न सक्छन् ।
नेपाल सरकारले तेल सवारी साधन र ड्राइभर समेत सुविधा दिने गरेको छ । आफ्नो सवारी साधन घरमा आफन्तलाई प्रयोग गर्न दिने र यस्ता गैर कानुनी सवारी साधनहरु प्रयोग गर्ने न्यायाधीश तथा कर्मचारीहरुको आदत बढीरहेको छ ।
गाडी प्रयोग गरेको विषयमा धादिङ अदालतका श्रेस्तेदार राजेन्द्र लुइँटेलले भने मुद्दा पेसी चड्ने प्रक्रियामा रहेको र कार्यालय प्रयोजनको लागि सवारी नभएकोले कसुरजन्य सम्पत्ति अन्तर्गत विभागबाट अनुमति लिनको लागि ट्रायलको रुपमा चलाएको प्रतिक्रिया दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
100%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1

ताजा खबर

हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारीमा विद्युत् प्राधिकरण

रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

तीव्रगतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

ट्राफिक कारबाहीमा चार लाख ७९ हजार राजस्व सङ्कलन

आजको मौसम पूर्वानुमान स्  पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर 

धादिङबेसी साङ्कोष जोड्ने थोपलखोलाको पुल अझै अलपत्र

यो पनि पढ्नुहोस
pabilnews