आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु खण्ड आज र भोली खुल्ला रहने
pabilnews

मंसिर २६, २०८२

धादिङ । दैनिक पाँच घण्टा बन्द गरेर उस्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडक खण्ड आज र भोली (शुक्रबार र शनिबार)का लागि खुल्ला गरिएको छ ।

भक्तपुरको सल्लाघारीमा हुन लागेको नेकपा एमालेको ११औं केन्द्रीय महाधिवेशन उद्घाटन कार्यक्रमलाई मध्यनजर नागढुंगा–मुग्लिन सडक आयोजनाले मंसिर २४ गतेबाट आंशिक बन्द गरेर काम गरिरहेको भएपनि दुई दिनका लागि बन्द नगर्ने भएको हो । त्यसपछि भने कार्यतालिकाअनुसार तोकिएको समयमा सडक बन्द गरेर काम गरिने नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले जानकारी दिए ।

‘स्तरोन्नतिको कामलाई तिब्रता दिन धादिङ र काठमाडौंको जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मंसिर २४ गतेबाट पुस १ गतेसम्म बिहान १०ः३० देखि दिउसो ३ः३० सम्म दैनिक पाँच घन्टा बन्द गरेर काम गरिरहेका थियाौं, एमालेको महाधिवेशनमा नेता, कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरुको चहलपहल बढ्ने भएकोले सवारी चाप र संभावित सडक जामलाई मध्यनजर गरी सडक बन्द नगर्ने निर्णय लिएका छौं’, ओझाले भने ।

एमाले निकट युवा संघको टोलीले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेटेर महाधिवेशनका लागि दुई दिन सडक खुला गरिदिन आग्रह गरेका थिए । नागढुंगा–मुग्लिन सडक योजना कार्यालयले पूर्वनिर्धारित तालिकाअनुसार सडक बन्द गरेर काम गर्न लाग्दै गर्दा एमाले नेताहरुले आलोचना गरेका थिए ।

सडक विभागले काठमाडौं जिल्लाभित्र पर्ने नागढुंगा–पिप्लामोड खण्डको कालोपत्र गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ भने धादिङ जिल्लाभित्र पर्ने नौबिसे–मलेखु खण्डको बाँङ्गेभीरमा सडक चौडा गर्ने कामलाई महत्व दिएर काम अघि बढाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

बागमती प्रदेश प्रमुख देवकोटासमक्ष वार्षिक प्रतिवेदन पेस

प्रेसलाई नियन्त्रण गर्ने सरकारको  मनसाय छैनः सञ्चारमन्त्री डा तिमिल्सिना 

तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य

प्रतिनिधिसभाः विपद्, सुकुमवासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण

नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री वाग्ले

राजस्थानको प्लेअफ सम्भावना कायम

यो पनि पढ्नुहोस
pabilnews