Sat. Jul 5th, 2025

डा.बलदेब अधिकारी ‘गाउँले’लाई सम्मान

baldev
धादिङ -नेपाली भाषा बचाऔँ अभियानका संयोजक एवम् अभियन्ता तथा वर्णबिन्यासका अध्येता डा.बलदेब अधिकारी गाउँले सम्मानित भएका छन् । धादिङ सिर्जना प्रतिष्ठान तथा बिद्यालय क्षेत्रमा उदियमान बिद्यालय एड्भान्स एकेडेमीको संयुक्त आयोजनामा भएको अन्र्तक्रियाा कार्यक्रममा सम्मानित भएका हुन् ।

प्रतिष्ठानमा भाषा,साहित्य,कला र संस्कृतिको प्रबर्द्धन,संरक्षण र उचित बिस्तारको निम्ति बिगत चार बर्षदेखि ३ दर्जन भन्दा बढी सिर्जनात्मक कार्यक्रमहरु गरिसकेको संस्थाका सचिव सुरेश अर्यालले जानकारी दिए ।

sahityak

धादिङ सिर्जना प्रतिष्ठानका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन कार्यक्रममा वरिष्ठ समाजसेवी मोहन कुमारको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा नेपाली भाषाको बर्तमान स्थिती, व्याकरणिक विश्लेषण तथा वर्णबिन्यासका विविध बिषयमा सहभागिले राखेका जिज्ञासालाई अत्यन्तै बैज्ञानिक र भाषिक नियमनका आधारमा व्यबहारिक दृष्टान्तहरुमार्फत प्रष्ट पारिएको थियो। अन्तरक्रिया कार्यक्रममा विभिन्न बिद्यालयका प्रधानाध्यापक, नेपाली बिषयका शिक्षक , भाषाप्रेमीको सहभागिता थियो।

About The Author

अन्य समाचारहरु: