धादिङ अस्पतालको ४९औं वार्षिक उत्सव: अस्पतालको विकास र सेवा विस्तारमा सक्दो पहल गर्नेछु : स्वास्थ्य मन्त्री थापा

पुस ४, २०८२

धादिङ । धादिङ अस्पतालको समग्र विकास र सेवा विस्तारमा सक्दो पहल गर्ने बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले बताएका छन् ।

धादिङ अस्पतालको ४९औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री थापाले अस्पतालको सेवा विस्तारको लागि आवश्यक पर्ने उपकरण, नर्सिङ क्याम्पस संचालन र अस्पतालको सेवा विस्तारको लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । हाल धादिङ अस्पताल संचालन भइरहेको जग्गा अस्पतालको आफ्नै नाममा ल्याउन पहल गर्ने पनि उनले बताए ।

‘धादिङ अस्पतालले प्रयोग गरिरहेको जग्गा ३४ रोपनी छ । त्यो संघीय सरकारको स्वास्थ्य सेवा विभागको नाममा छ’, मन्त्री थापाले भने-‘संघीय सरकारको स्वास्थ्य सेवा विभागको नाममा रहेको जग्गालाई अस्पतालको नाममा ल्याएर भवन निर्माण प्रकृया अघि बढाउनेछु ।’

नर्सिङ कलेज संचालनको लागि समन्वय गरि अघि बढ्ने, सिटिस्क्यान मेसिन ल्याउन प्रक्रिया अघि बढाउने र डिजिटल मेडिकल रेकर्डिङ सिस्टम कार्यान्वयनमा ल्याउन तत्काल पहल गर्ने मन्त्री थापाले जानकारी गराए ।

अस्पतालको सेवा गुणस्तरीय बनाउन पछिल्लो समय प्रदेश सरकारबाट राम्रो सहयोग भइरहेको स्मरण गर्दै अस्पतालको सेवा चुस्त बनाउन आफू सधैं तत्पर भएर काम गरिरहेको अस्पताल विकास समितिका अध्यक्ष राधिका सापकोटाले बताइन् । दक्ष चिकित्सकहरुबाट बिरामीको उपचार गराउदै आएको सापकोटाले बताइन् । अस्पतालमा हाल पानीको सबैभन्दा बढी समस्या रहेकोले समस्या समाधान गर्न सबैले पहल गरिदिन आग्रह गरिन् ।

वार्षिकोत्सवको अवसरमा विभिन्न समयमा भएका अतिरिक्त कृयाकलापहरुमा उत्कृष्ट कर्मचारीहरुलाई अस्पताल व्यवस्थापन समितिले पुरस्कृत र सम्मान गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

समानुपातिकबाट धादिङमा थपिए बसुमाया, सीता र सरस्वती !

समाजमा बढ्दो लैङ्गिक विभेद र हिंसा: कारण, चुनौती र समाधान

प्रविधि, पुस्ता र परिवर्तनले ल्याएको राजनीतिक उथलपुथल

समानुपालिक सांसदमा एमालेबाट धादिङका पुष्पराज कँडेल र गंगादेवी श्रेष्ठ

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान 

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक 

यो पनि पढ्नुहोस

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

समानुपातिकबाट धादिङमा थपिए बसुमाया, सीता र सरस्वती !

समानुपालिक सांसदमा एमालेबाट धादिङका पुष्पराज कँडेल र गंगादेवी श्रेष्ठ

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान 

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक 

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण