स्वास्थ्य शिक्षाविद् डा. झाको ‘गुडबाइ सुगर एडिक्शन’ विमोचन

पुस ४, २०८२

धादिङ । धादिङ अस्पतालमा कार्यरत स्वास्थ्य शिक्षाविद् डा. त्रिभुवन चन्द्र झाले ‘गुडबाइ सुगर एडिक्शन: फ्री योर माइन्ड, हिल योर बडी’ पुस्तक लोकार्पण गर्नुभएको छ ।

चिनीको अत्यधिक सेवनले बढ्दै गएको मधुमेह, मोटोपन र मुटुरोगजस्ता दीर्घरोगप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित लेखिएको पुस्तकको शुक्रबार बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरमार्फत लोकार्पण गरिएको हो ।

लोकार्पित पुस्तकमा चिनीप्रतिको लत कसरी विकास हुन्छ र त्यसले शारीरिक तथा मानसिक स्वास्थ्यमा पार्ने दीर्घकालीन असरबारे वैज्ञानिक आधारसहित व्याख्या गरिएको छ । चिनीको अत्यधिक सेवनले मधुमेह, मोटोपन, मुटुसम्बन्धी समस्या जस्ता रोग निम्त्याउने जोखिमबारे पनि पुस्तकमा उल्लेख गरिएको छ ।

‘चिनी परित्याग वा न्यूनिकरण गर्दा ऊर्जा बढ्ने, निद्रा सुधार हुने, छाला स्वस्थ हुने र समग्र जीवनशैलीमा सकारात्मक परिवर्तन आउनेछ । पुस्तकमा चिनीको सेवन घटाउँदै स्वस्थ जीवनशैली अपनाउन व्यवहारिक उपायहरू प्रस्तुत गरिएको छ’, डा.झाले भन्नुभयो ।

१८ वर्षभन्दा बढी समयदेखि क्लिनिकल सेवा र मेडिकल शिक्षामा सक्रिय डा. झा जनरल प्राक्टिस तथा आपतकालीन चिकित्सा (जीपीईएम) का विशेषज्ञ हुनुहुन्छ । यसअघि डा. झाले आपतकालीन सेवामा कार्यरत चिकित्सक, नर्स र प्यारामेडिक्सका लागि उपयोगी ‘अल्टिमेट इमर्जेन्सी मेडिसिन’ पुस्तक लेख्नुभएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 5

ताजा खबर

छ सय सोह्र विपद्का घटनामा ३४ जनाको मृत्यु

कार्ययोजना अभावमा वन संरक्षण क्षेत्र अलपत्र

भूकम्पपीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस मनाइँदै  

धादिङका सेवाग्राहीको घरदैलोमा राहदानी पुर्‍याउन सुरु

बाख्रापालनबाट स्वरोजगार   

गल्छी–रसुवागढी सडकका अतिक्रमण हटाउन सुरु   

माइक्रोबस दुर्घटनामा १२ जना घाइते

यो पनि पढ्नुहोस