केयुमा ‘आइटी–मिट’को आयोजना

पुस ९, २०८२

काभ्रेपलाञ्चोक : धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)मा ‘आइटी मिट–२०२५’को आयोजना गरिएको छ । विश्वविद्यालयको कम्प्युटर क्लबद्वारा आयोजित उक्त कार्यक्रममा प्रविधिमा नवीनतम्, सहकार्य र सीप विकास गर्ने गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

आइटी–मिटमार्फत विद्यार्थीको प्राविधिक क्षमता, नेतृत्व र सृजनशीलता प्रदर्शन गर्ने उत्कृष्ट ‘प्लेटफर्म’ प्रदान गर्दै आएको क्लबले जनाएको छ । मिटअन्तर्गत यस सातामा अन्य विविध कार्यक्रम सञ्चालन गरिए पनि मिटको मुख्य कार्यक्रम पुस ११ गते ‘प्रोजेक्ट’ प्रदर्शनीमा विद्यार्थीले बनाएका हार्डवेयर र सफ्टवेयरको प्रदर्शनी हुने क्लबका उपाध्यक्ष किरण दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार करियर फेयरका ११ भन्दा बढी कम्पनीको स्टल राखिनेछ । जहाँ विद्यार्थीले रोजगारीका अवसर र नेटवर्किङको मौका पाउनेछन् । ‘दी एआई वेभः इलुजन अर इनोभेसन’ शीर्षकमा प्यानल छलफल र ‘आइटी क्विज’लगायत विविध कार्यक्रम रहेको दाहालले बताउनुभयो ।

यस्तै ‘कनेक्ट, कम्प्युटर, क्रियट’ भन्ने मूल नाराका साथ आयोजित आइटी मिटमा १५ भन्दा बढी विभिन्न कार्यक्रम समावेश गरिएको जनाइएको छ । मिटमा प्रि–इभेन्टअन्तर्गत ‘इम्पावर–हर’, ‘वी शिल्ड साइबर’, ‘गेमिङ इभेन्ट्स’, ‘आइडिया पिचिन्ङ’ रहेको र प्रदर्शनी र पोस्ट–इभेन्टका विभिन्न कार्यक्रम रहेको छ ।

विश्वविद्यालयको कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ विभागअन्तर्गत सञ्चालित क्लबले साढे दुई दशकदेखि नेपालमा सूचना प्रविधिको विकास र शिक्षाका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको जनाइयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्याराग्लाइडिङले रङ्गिँदै सुर्खेतको आकाश 

बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व सङ्कलन  

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस 

‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’

बागमती प्रदेश सरकारको नौ महिनाको खर्च २३ प्रतिशत    

जानकी जन्म महोत्सवको सांस्कृतिक सन्देश

रेडपाण्डा-थार अन्तरराष्ट्रिय सम्मेलनः पर्यटन प्रवर्द्धनमा जोड 

यो पनि पढ्नुहोस