नाटक ‘भट्टी टेल्स’ यही पुस १६ देखि मञ्चन हुने

पुस १३, २०८२

काठमाडौँ । जेम्स ढकालको लेखन र निर्देशनमा ‘भट्टी टेल्स’ नामक नाटक यही पुस १६ गतेदेखि सुकेधारास्थित अस्कर इन्टरनेश्नल कलेजको साधना घरमा मञ्चन हुने भएको छ ।
हाल नाटकको प्रशिक्षण चलिरहेको निर्देशक ढकालले बताउनुभयो । उहाँका अनुसार भट्टीलाई केन्द्रमा राखेर त्यहाँ हुने अनेकन कथा र परिदृश्यलाई नाटकमा कथाका रुपमा प्रस्तुत गर्न लागिएको छ ।
निर्देशक ढकालले विभिन्न आचरणका १३ जना पात्रहरु नाटकमा समेटेको बताउनुभयो । “भट्टीलाई हाम्रो समाजले नकरात्मक दृष्टिले हेर्छ, तर, यहाँ आउने केहि पात्रहरुका आफ्नै रोचक जीवनगाथा छन्”, उहाँले भन्नुभयो, “नाटक रमाइलो सँगै सन्देशमुलक बनाउन खोजेकोछु ।”
नाटकमा कलाकारहरु सुदाम सिके, रुपेश लामा, बेदना राई, प्रकृति कार्की, ऋषिकेश बस्याल, तुफान थापा, माइकल महत, शुभम् गणेश, सुब्रत राज सिलवाल, गुड्डु, प्रान्जल पान्डे, थार्चेन लामा, सुदीप एटीले अभियन गर्नुहुनेछ ।
ढकाल अस्कर कलेजका १४औं ब्याचका विद्यार्थी हुनुहुन्छ । उहाँले प्ले द सिस्टम, गिल्टी अर नट गिल्टीलगायत नाटकमा अभिनयसमेत गर्नुभएको छ । नाटक तयार पार्न कथा घेराको पनि सहयोग गरेको निर्देशक ढकालले सुनाउनुभयो । यही पुस १६ गतेदेखि सुरु हुने नाटक मङ्गलबार बाहेक आगामी माघ ३ गतेसम्म मञ्चन हुनेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

चीन–नेपाल सुरक्षा सहकार्यमा जोड

सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी

देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा

यो पनि पढ्नुहोस