डा शाक्यको ‘मेरो गीतभित्र’ बजारमा

पुस १३, २०८२

काठमाडौँ । राष्ट्रियसभा सदस्य एवं स्रष्टा डा अञ्जान शाक्यको म्युजिक भिडियो ‘मेरो गीतभित्र’ बजारमा आएको छ ।

‘शिरीष’, ‘रोज’, ‘बहार’, ‘श्रष्द्रापुष्प’ ‘अन्जानपथ’ जस्ता एकल एल्बम र अन्य एक दर्जन ‘कलेक्सन एल्बम’मा गीत गाउनुभएकी शाक्यले करिब २२ वर्षपछि यो नयाँ म्युजिक भिडियोसहितको गीत ल्याउनुभएको हो ।

इजरायलका लागि पूर्वनेपाली राजदूत डा शाक्यले इञ्जिनीयर सञ्जय शाक्यको शब्द रचनामा ‘मेरो गीतभित्र’ रेकर्ड गराउनुभएको हो । यसमा हरिशरण सायमीले ‘म्युजिक एरेन्ज’ गर्नुभएको छ । कलाकार सरोज खनाल र पूर्वमिस नेपाल उषा खड्गीको अभिनय रहेको गीतमा डा शाक्यको स्वर रहेको छ भने सङ्गीत डा शाक्य र इञ्जिनियर सञ्जयको रहेको छ । देवकुमार श्रेष्ठले निर्देशन गर्नुभएको छ ।

शनिबार मात्रै युट्युवमा अपलोड गरिएको यो म्युजिक भिडियो हालसम्म करिब आठ हजारले हेरिसकेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

छ सय सोह्र विपद्का घटनामा ३४ जनाको मृत्यु

कार्ययोजना अभावमा वन संरक्षण क्षेत्र अलपत्र

भूकम्पपीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस मनाइँदै  

धादिङका सेवाग्राहीको घरदैलोमा राहदानी पुर्‍याउन सुरु

बाख्रापालनबाट स्वरोजगार   

गल्छी–रसुवागढी सडकका अतिक्रमण हटाउन सुरु   

माइक्रोबस दुर्घटनामा १२ जना घाइते

यो पनि पढ्नुहोस