बौद्धिक अपाङ्ग विद्यार्थीलाई सहयोग गरेर मनाए रोनिकले जन्मदिन !

पुस २७, २०८२

धादिङ । धेरैका लागि जन्मदिन केक, शुभकामना र तस्बिरको उत्सव हुन्छ । तर ज्वालामुखी गाउँपालिका–७ चैनपुरका रोनिक छत्कुलीले आफ्नो जन्म दिन सेवा र संवेदनाको उत्सव बनाएका छन् ।

आफ्नो जन्मदिनको अवसर पारेर छत्कुलीले नीलकण्ठ नगरपालिका–३ शान्तिटोलमा रहेको नमुना बौद्धिक अपाङ्गता आधारभूत विशेष विद्यालयमा अध्ययनरत बालबालिकाका लागि खाद्यान्न तथा स्टेशनरी सामग्री सहयोग गरेका छन् । आइतबार बिहान खाद्यान्न तथा स्टेशनरी सामग्री लिएर विद्यालय पुगेका छत्कुलीले बालबालिकाको अनुहारमा मुस्कान बाँडेका हुन् ।

कक्षा १२ उत्तीर्ण गरी उच्च शिक्षाको तयारीमा रहेका छत्कुलीले अपाङ्गता भएका बालबालिकाले भोगिरहेका दैनिक चुनौतीलाई नजिकबाट महसुस गर्दै सहयोग गर्ने चाहनाले विद्यालय आएको बताए । ‘अपाङ्गता भएका बालबालिकाले जीवनमा धेरै संघर्ष गर्नुपर्छ,’ उनले भने, ‘मेरो जन्मदिनमा गरेको यो सहयोगले उनीहरूको दैनिकी केही सहज बनोस् भन्ने चाहना हो । आगामी दिनमा पनि यस्तै सामाजिक कार्यलाई निरन्तरता दिनेछु’ उनले भने ।

नमुना बौद्धिक अपाङ्गता आधारभूत विशेष विद्यालयमा ३० जना अपाङ्गता भएका बालबालिकाहरु रहेका छन् । विद्यालयकी प्रधानाध्यापक शर्मिला अधिकारीले जन्मदिनलाई सेवा र सहयोगसँग जोडेर उदाहरणीय कार्य गरेको भन्दै छत्कुलीप्रति जन्मदिनको शुभकामना बाड्दै खुसी व्यक्त गरेकी छिन् । उनले सहयोगी मनहरूको साथ र सहकार्यले नै विशेष विद्यालय सञ्चालन सम्भव भएको बताउदै यस्ता सकारात्मक पहलले समाजमा आशा र मानवताको सन्देश फैलाउने उनको भनाई छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 4

ताजा खबर

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

समानुपातिकबाट धादिङमा थपिए बसुमाया, सीता र सरस्वती !

समाजमा बढ्दो लैङ्गिक विभेद र हिंसा: कारण, चुनौती र समाधान

प्रविधि, पुस्ता र परिवर्तनले ल्याएको राजनीतिक उथलपुथल

समानुपालिक सांसदमा एमालेबाट धादिङका पुष्पराज कँडेल र गंगादेवी श्रेष्ठ

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान 

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक 

यो पनि पढ्नुहोस

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

समानुपातिकबाट धादिङमा थपिए बसुमाया, सीता र सरस्वती !

समानुपालिक सांसदमा एमालेबाट धादिङका पुष्पराज कँडेल र गंगादेवी श्रेष्ठ

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान 

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक 

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण