श्रीलङ्काकाद्वारा सन् २०२६ पर्यटन प्रर्वद्धन गर्न पर्यटन अभियान सुरु   

माघ २, २०८२

कोलम्बो  : श्रीलङ्का पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) ले सन् २०२६ का लागि आफ्नो राष्ट्रिय पर्यटन लक्ष्यहरू पूरा गर्न विशेष अभियान सुरु गरेको वरिष्ठ अधिकारी बुद्धिका हेवासमले शुक्रबार बताउनु भएको छ ।

एसएलटिडिएकी अध्यक्ष हेवासमले परम्परागत रूपमा पर्यटक कम आउने महिनाहरूमा आगन्तुकहरूलाई आकर्षित गर्न प्रमुख युरोपेली बजारहरूमा केन्द्रित प्रचार अभियानहरू सुरु गर्ने बताउनु भएको छ ।

व्यापक पर्यटन रणनीतिको एक हिस्साको रूपमा, श्रीलङ्काले हालै देशको भारतीय पर्यटक आधारलाई विविधीकरण गरी अन्य आगन्तुकहरूलाई आकर्षित गर्न प्रमुख भारतीय शहरहरूमा प्रवद्र्धन कार्यक्रमहरू सञ्चालन गरेको उहाँले उल्लेख गर्नु भएको छ ।

सने २०२६ को जनवरीको पहिलो हप्तामा ९४ हजार भन्दा बढी पर्यटक आगमन भएको रिपोर्ट गर्दै श्रीलङ्काले २०२६ मा बलियो सुरुवात गरेको उहाँले जनाउनु भएको छ ।

पर्यटन श्रलङ्काको लागि प्रमुख विदेशी राजस्व उत्पादक तथा आर्थिक विकासको आधार भएको जनाइएको छ भने सन् २०२६ मा श्रीलङ्काले ३० लाख पर्यटकहरू आउने अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

समानुपातिकबाट धादिङमा थपिए बसुमाया, सीता र सरस्वती !

समाजमा बढ्दो लैङ्गिक विभेद र हिंसा: कारण, चुनौती र समाधान

प्रविधि, पुस्ता र परिवर्तनले ल्याएको राजनीतिक उथलपुथल

समानुपालिक सांसदमा एमालेबाट धादिङका पुष्पराज कँडेल र गंगादेवी श्रेष्ठ

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान 

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक 

यो पनि पढ्नुहोस

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

समानुपातिकबाट धादिङमा थपिए बसुमाया, सीता र सरस्वती !

समानुपालिक सांसदमा एमालेबाट धादिङका पुष्पराज कँडेल र गंगादेवी श्रेष्ठ

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान 

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक 

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण