वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार
सम्बाददाता

माघ ६, २०८२

काठमाडौँ । वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको  छ ।
अस्पतालका निर्देशक डा दिलीप शर्माले विरामीको चापलाई ध्यानमा राखेर २५ वटा आकस्मिक कक्ष विस्तार गरिएको जानकारी दिनुभयो । यसअघि तीस आकस्मिक कक्षबाट अस्पताल सञ्चालनमा  थियो ।
“अस्पतालमा एउटै कक्षमा दुई दुई बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता थियो,” उहाँले भन्नुभयो, “बिरामीको उपचारलाई ध्यान दिएर हामीले आकस्मिक कक्ष थप गरेका हौँ । अझै २० आकस्मिक कक्ष चाँडै नै विस्तार हुने छ ।”
उक्त आकस्मिक कक्षमा बिरामीका कुरुवालाई खाना पकाउने व्यवस्था समेत गरिएको छ । अस्पतालका निर्देशक डा शर्माका अनुसार उक्त आकस्मिक कक्ष स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अस्पतालको आन्तरिक स्रोतबाट रु सात करोडको लागतमा निर्माण गरिएको हो ।
अस्पतालमा अहिले दैनिक तीन हजारभन्दा बढी बिरामी उपचार गर्न आउने गरेका छन् । यस्तै अस्पतालमा दैनिक ७० देखि ८० साना ठूला शल्यक्रिया गर्ने गरिएको छ । अस्पतालमा हाल ८५० शय्या र ११० सघन उपचार कक्ष (आइसियु) रहेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’ को परीक्षण सुरु

नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

बाढीपीडितका समस्या समाधानमा सांसदहरूको जोड

कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

यो पनि पढ्नुहोस
सम्बाददाता