Sat. Jul 5th, 2025

भोलिदेखि देशभर भारतीय टीभी च्यानल बन्द हुने

indian-tv-channels
११ असोज, धादिङ – केबल टेलिभिजन सञ्चालकहरुले मंगलबारबाट देशभर भारतीय टीभी च्यानलहरु बन्द गर्ने निर्णय गरेका छन् ।

भारतले नेपालमा एक सातादेखि अघोषित नाकाबन्दी गरेपछि नेपाल केबुल टेलिभिजन संघ र नेपाल केबल टेलिभिजन एसशोसिएसनको बैठकले मंगलबार १० बजेबाट देशभर हिन्दी च्यानलहरु बन्द गर्ने निर्णय गरेको हो ।

सर्वसाधारणको चर्को दबावपछि केबल टेलिभिजन सञ्चालकहरुले यस्तो निर्णय लिएका हुन् । केबल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले अनलाइनखबरसँग भने-‘चितवन, कार्की र कञ्चनपुरमा बन्द भइससकेको छ ।’

विप्लव माओवादीले पनि हिन्दी च्यानलहरु र विज्ञपन बन्द गर्न उर्दी जारी गरिसकेको छ ।

About The Author

अन्य समाचारहरु: