दशौं धादिङ महोत्सव धादिङबेसीमा सुरु, माघ २५ सम्म सञ्चालन हुने
सम्बाददाता

माघ १६, २०८२

धादिङबेसीमा दशौं धादिङ महोत्सव सुरु भएको छ । धादिङको दिगो विकास र अर्थतन्त्रको आधार कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार भन्ने मूल नारासहित नीलकण्ठ नगरपालिकाको संरक्षकत्वमा धादिङ उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरेको हो ।

महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले  निजी क्षेत्र सरकारलाई राजस्व तिर्ने, रोजगारी सिर्जना गर्ने र विकास निर्माणको साझेदारको भूमिकामा रहे पनि आन्दोलनका नाममा तोडफोड र आगजनीको शिकार बन्नुपरेको गुनासो गरे ।

ढकालले कुल कर योगदानको ८० प्रतिशतभन्दा बढी र कुल रोजगारीको करिब ८६ प्रतिशत निजी क्षेत्रबाट योगदान दिएको बताए । ‘निजि क्षेत्रले राष्ट्रिय गौरवका आयोजनाहरुमा पनि लगानी गर्दै आएको छ । सरकारले बूढीगण्डकी जलविद्युत आयोजना तत्काल अघि बढाउनु पर्छ । निजी क्षेत्रको लगानीमा स्थापना भएको कम्पनीमार्फत उक्त आयोजनामा सहयोग गर्न तयार छौं’, उनले भने।

कार्यक्रमका अवसरमा बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको माग गर्दै हस्ताक्षर अभियानसमेत सुरु गरिएको छ । बूढीगण्डकी आयोजना धादिङ र गोरखा मात्र नभई राष्ट्रकै गौरवको आयोजना भएकाले शीघ्र कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका छन् ।

धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले महोत्सवले स्थानीय उत्पादनको बजारीकरण गर्दै दिगो विकासमा टेवा पुर्याउने बताए । उनले भने– ‘भैरवी मन्दिरको प्रचार–प्रसारमार्फत पर्यटन प्रवद्र्धन गर्दै आयआर्जनसँग जोड्ने प्रयास गरिएको छ । धादिङमा रहेका खनिजजन्य पदार्थ, उद्योग–कलकारखाना तथा अन्य सम्भावनाका क्षेत्रले जिल्लाको विकासमा ठूलो योगदान दिन सक्छन । निजी क्षेत्र सरकारसँग हातेमालो गर्न तयार छ।’

माघ १५ गतेदेखि सुरु भएको दशौँ धादिङ महोत्सव माघ २५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा १५८ वटा स्टल, स्थानीय परिकार, कृषि तथा औद्योगिक प्रदर्शनी, बाल उद्यान र दैनिक सांस्कृतिक कार्यक्रम मुख्य आकर्षणका रूपमा रहेका छन्। स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । महोत्सवमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब तीन करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

महोत्सव उद्घाटनको अवसरमा धादिङबेसी बजारमा तामाङ, नेवार, चेपाङ, गुरुङ, कुमाललगायत विभिन्न समुदायको सहभागितामा सांस्कृतिक झाँकीसहित र्‍याली निकालिएको थियो । जिल्लाका विभिन्न स्थानबाट सहभागीहरूले आफ्नो जातीय पहिचान झल्किने भेषभूषा र सांस्कृतिक प्रस्तुतिमार्फत महोत्सवलाई आकर्षक बनाएका थिए । र्‍यालीमा आएका झाँकीहरुको प्रतियोगिता समेत गरिएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नयाँ मुख्यसचिवमा कार्की नियुक्त

प्रतिनिधिसभाः रासायनिक मलको सहज व्यवस्था गरियोस्

नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले घट्यो

तुइन खोलामा पहिरो रोकथाम सुरु

वैज्ञानिकको सक्रियताले कृषिक्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छः मन्त्री चौधरी

यो पनि पढ्नुहोस
सम्बाददाता