दशौं धादिङ महोत्सवमा आज को-को आउँदछन् कलाकार ?
सम्बाददाता

माघ १६, २०८२

धादिङ । धादिङ जिल्लाको आर्थिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित सुरु भएको दशौं धादिङ महोत्सवमा आज माघ १६ गते राष्ट्रियस्तरका कलाकारहरूको विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ।

आजको कार्यक्रममा लोकदोहोरी, आधुनिक गीत, नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुति समावेश गरिनेछ । जसले दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। आज थानेश्वर गौतम, सागर बिसी, कमला घिमिरे, मधु रसाइली, हरि सुनारलगायतको प्रस्तुति रहनेछ ।


धादिङबेसीस्थित खुला मञ्चमा जारी महोत्सवमा सांस्कृतिक कार्यक्रमसँगै कृषि, उद्योग, पर्यटन तथा स्थानीय उत्पादनको प्रदर्शनी पनि निरन्तर सञ्चालन भइरहेको छ।

No data was found

महोत्सवले स्थानीय व्यवसायलाई चलायमान बनाउनुका साथै जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याइरहेको व्यवसायी तथा दर्शकहरूले बताएका छन्। कार्यक्रम माघ २५ गतेसम्म सञ्चालन हुने धादिङ उद्योग वाणिज्य संघले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1

ताजा खबर

भ्युजका लागि गुरु–शिष्य सम्बन्धको गरिमा बेच्ने प्रवृत्ति ?

देशको आर्थिक विकासमा पुँजी बजारको महत्त्वपूर्ण भूमिका : प्रधानमन्त्री शाह

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने

एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट पाँच जनाको मृत्यु

यो पनि पढ्नुहोस
सम्बाददाता