‘एआई’ प्रविधिद्वारा किसानलाई ‘डिजिटल’ कृषि सल्लाह उपलब्ध गराउन ‘कनेक्ट’ किसान र एनएएएमपीबीच सहकार्य 

माघ २८, २०८२

काठमाडौँ :  ‘एआई’ प्रविधिद्वारा किसानलाई डिजिटल कृषि सल्लाह उपलब्ध गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालय,राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएएमपी) र कनेक्ट किसान प्रालिबीच सम्झदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको तर्फबाट कार्यक्रम निर्देशक हिक्मतकुमार श्रेष्ठ र कनेक्ट किसानको तर्फबाट निर्देशक राजन दाहालले सो सम्झदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

यसबाट नेपाली किसानलाई ‘डिजिटल प्लेटफर्म’मार्फत कृषिसम्बन्धी समस्या समाधानमा सजिलो हुने विश्वास गरिएको छ । कनेक्ट किसानले विकसित गरेको ‘भ्वाइस बेस’ र ‘टेक्स्ट बेस एआई एडभाइजरी’ प्रविधिले किसानलाई खेतबारीमा प्रत्यक्ष सहायता पु¥याउनेछ । यो प्रणालीमा किसानले खेतीबारीमा काम गर्दा आउने समस्याजस्तै मल, बजार, रोगरकीरा व्यवस्थापनको तत्काल समाधान वा सुझाव प्राप्त गर्न सक्नेछन् ।

सो अवसरमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका कार्यक्रम निर्देशक श्रेष्ठले किसानलाई डिजिटल प्लेटफर्ममा पु¥याउन र समस्या समाधानमा सहयोग पु¥याउन कनेक्ट किसानसँग सम्झौता गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयोे, “किसानले आफ्नो खेतबारीमा जुनसुकै समस्या आए पनि तत्काल समाधान पाउन सक्नेछन् । साथै, ठूला वा जटिल समस्याहरूको लागि प्रविधिक र अनुसन्धान टोलीले पनि सहयोग गर्नेछ ।”कृषि नीतिगत चुनौतीजस्तै बजारमा पहुँच नपाउनु, मल अभाव, रोग व्यवस्थापनजस्ता समस्या पनि एआई प्रणालीमा डेटा बनाइने र भविष्यमा त्यसको आधारमा समाधानको योजना तयार पारिने निर्देशन श्रेष्ठले बताउनुभयो ।

कनेक्ट किसानका निर्देशक दाहालले भारतमा प्रविधिमैत्री किसानले एआईको प्रयोग गरेर उत्पादन वृद्धि गरिरहेका र नेपालमा पनि यस्ता प्रविधि प्रयोग गर्दा किसानलाई सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार किसानहरूले यदि नीतिगत समस्या वा बजारसँग सम्बन्धित चुनौती देखेका छन् भने वा खेतीमा रोग–कीरासम्बन्धी अनुसन्धान आवश्यक छ भने उनीहरूले यी जानकारीहरू एआई प्रविधिको माध्यमबाट पठाउन सक्नेछन् । पठाइएको जानकारी सङ्कलन गरी एनएएएमपीले आवश्यक कदम चाल्न प्रयोग गरिनेछ । उहाँले भन्नुभयो, “हाम्रो एआई प्रणालीले किसानलाई व्यक्तिगत कृषि सल्लाह दिन सक्षम छ ।” यस सम्झौताको माध्यमबाट किसानको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्य राखिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै   

ट्रयाक खुलेको २६ वर्षपछि सडक कालोपत्र   

जापानी कम्पनीमाथि चिनियाँ प्रतिबन्ध  

काकापोको बम्पर फसलले प्रजनन र जीवनयात्रामा नयाँ आशा  

गाउँमै पुख्र्यौली कालिगड पेसा संरक्षणमा जुट्दै युवा 

मानव अधिकार संरक्षणका निम्ति नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री  

यो पनि पढ्नुहोस

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै   

ट्रयाक खुलेको २६ वर्षपछि सडक कालोपत्र   

जापानी कम्पनीमाथि चिनियाँ प्रतिबन्ध  

काकापोको बम्पर फसलले प्रजनन र जीवनयात्रामा नयाँ आशा  

गाउँमै पुख्र्यौली कालिगड पेसा संरक्षणमा जुट्दै युवा