संगीको ‘अन्तरदृष्टि’ चित्रकला प्रदर्शनीमा  
राष्ट्रिय समाचार समिति

फाल्गुन १२, २०८२

काठमाडौँ : यहाँको ठमेलस्थित छाया सेन्टरमा चित्रकार संगी श्रेष्ठको ‘अन्तरदृष्टि’ शिर्षकमा एकल चित्रकला प्रर्दशनी भइरहेको छ ।

गत आइतबारदेखि सुरु भएको सो प्रदर्शनी एक सातासम्म सञ्चालन हुनेछ । यहाँ राखिएका चित्र हेरेर दर्शकले आत्मिकता महसुस गर्न सकोस भन्ने उद्देश्य राखिएको चित्रकार श्रेष्ठले बताउनुभयो । “प्रत्येक रङ्गले कुनै न कुनै सन्देश बोकेको हुन्छ”, उहाँले भन्नुभयो, “चम्किला रङ्गले ऊर्जावान अनुभूति गराउँछ भने रातो र निलो रङ्गले रुपान्तरणको भाव बोध गराउँछ ।”

श्रेष्ठले आमाको निधन पछि एकान्तपनको अनुभुति हुँदा सो चित्रहरु कोर्न थालेको बताउनुभयो । माया र ममताको छहारी खोसिँदा भावुक मनलाई उहाँले क्यानभासमा रंगमार्फत उतार्नुभएको हो । प्रदर्शित चित्रहरुमा वैराग्य भाव मात्रै नभई प्रकृतिसँग जोडिएका उमङ्ग झल्किने पात, फुल, पुतलीहरुसमेत रङ्गका माध्यमबाट सुन्दरसँग संयोजन गर्नुभएको छ । प्रर्दशनीमा ११६ सिर्जना राखिएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

सामुदायिक विद्यालय गौरव र पहिचान हुन् : मन्त्री बादे

नीलकण्ठ बालमन्दिर माविले बनायो ५२औं वाषिकोत्सव

सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै

अन्नपूर्ण हिमाल आरोहण दिवसमा दोर्दीमा पर्यटन प्रवर्द्धन कार्यक्रम

प्रहरी कारबाहीबाट राजस्व सङ्कलन

सभापति लामिछाने र भाजपा अध्यक्ष नबिनबीच भेटवार्ता हुँदै

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति