आइएमएफद्वारा किएभका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत   

फाल्गुन १६, २०८२

किएभ : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ अर्ब १० करोड अमेरिकी डलरको नयाँ चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत गरेको इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।

आइएमएफ एक्सटेन्डेड फन्ड फेसिलिटी (इएफएफ) अन्तर्गतको यो कार्यक्रम युक्रेनका लागि एक खर्ब ३६ अर्ब ५० करोड डलरको अन्तर्राष्ट्रिय समर्थन प्याकेजको एक हिस्सा भएको जनाइएको छ ।

यसको उद्देश्य युक्रेनको समग्र आर्थिक र वित्तीय स्थिरतालाई सुदृढ पार्नु र शासन लगायत संरचनात्मक सुधारहरूलाई अगाडि बढाउनु रहेको जनाइएको छ ।

युक्रेनको अर्थ मन्त्रालयका अनुसार, कार्यक्रमको समग्र आर्थिक प्राथमिकताहरूमा विवेकपूर्ण वित्तीय नीति कार्यान्वयन, मूल्य स्थिरता सुनिश्चित गर्ने, र बाह्य असन्तुलन रोक्न, विनिमय दरमा सहजता अभिवृद्धि गर्ने लगायतका विषय समावेश छन् ।

एक अर्ब ५० करोड डलरको कार्यक्रमको पहिलो किस्ता निकट भविष्यमा नै वितरण हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

रूस–युक्रेन द्वन्द्वको सक्रिय चरण अन्त्य हुने परिदृश्यमा भविष्यवाणी गरिएको सन् २०२३ मा युक्रेनका लागि स्वीकृत गरिएको अघिल्लो आइएमएफ वित्तपोषण कार्यक्रम रद्द गरिएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

ट्राफिक नियम उल्लङ्घन भएमा लाइसेन्स र ब्लुबुक नखोजिने

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

चीन–नेपाल सुरक्षा सहकार्यमा जोड

सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी

देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

यो पनि पढ्नुहोस