उत्तरगङ्गा नदीमा छानोसहितको साँघु निर्माण 

फाल्गुन १७, २०८२

ढोरपाटन (बागलुङ) :  ढोरपाटन नगरपालिकाले उत्तरगङ्गा नदीमा छानोसहितको साँघु निर्माण गरेको छ । पर्यटक र स्थानीयलाई वारपार गर्न सहज होस् भन्दै नगरपालिकाले साँघु निर्माण गरेको हो ।

हरेक वर्षात्को समयमा उत्तरगङ्गामा पानीको बहाव बढ्ने हुँदा ढोरपाटन बराह मन्दिर क्षेत्रदेखि पारिपट्टिको सेलपाखे, सिकार आरक्ष कार्यालय क्षेत्रलगायत ठाउँमा पुग्न पैदलयात्रा गर्नुपर्ने बाध्यता थियो । चालु आर्थिक वर्षमा विनियोजन गरेको रु नौ लाख ५० हजारको लागतमा मौलिकतासहितको साँघु निर्माण गरेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिनुभयो । साँघुको सहतमा सिमेन्टको ढलानसहित काठ र ढुङ्गाको छानो हालेर निर्माण गरिएको छ ।

उहाँले भन्नुभयो, “पछिल्लो समय ढोरपाटनमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दो छ, तर उत्तरगङ्गामा पुल नहुँदा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो, अब त्यो समस्या समाधन भएको छ, यसले स्थानीय र पर्यटकलाई सहज बनाउनेछ ।”

ढोरबहार मन्दिरदेखि स्यालपाखे जोड्नेगरी उक्त साँघु निर्माण भएको छ । पुल नहुँदा हरेक वर्षात्मा उत्तरगङ्गाको बाढीले मानवीय क्षति हुने गरेको थियो । साँघु नबन्दा ढोरबहार मन्दिरदेखि स्यालपाखे, पाखाथर, छेन्तुङ, ढोरपाटन सिकार आरक्ष, बुकीपाटन र जलजला जाने पर्यटकले घण्टौँ लगाएर नवी र मोराङ दोगाडी घाटमा रहेको झोलुङ्गे पुल तर्नुपर्ने बाध्यता थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

लेबनान–इजरायल १० दिने युद्धविराममा सहमत

आज आमाको मुख हेर्ने दिन

पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

धादिङका बोधनाराण श्रेष्ठ संसदीय सुनुवाइ विशेष समितिको सभापति निर्वाचित

यातायात व्यवसायीहरु भन्छन् : कि तेलको मूल्य घटाऊ कि गाडीको भाडा बढाऊ सरकार

के एआईले जागिर खाइदिन्छ ?

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

यो पनि पढ्नुहोस