सडकको गर्जनबाट सदनको यात्रामा आशिका तामाङ

फाल्गुन १७, २०८२

धादिङ : सामाजिक अभियन्ता आशिका तामाङ यतिबेला सडकको बहसबाट सदनको यात्राका लागि चुनावी मैदानमा होमिएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट धादिङ क्षेत्र नं. १ को उम्मेदवार बनेकी तामाङको जीवन र संघर्षका पाटाहरू निकै रोचक र उतार चढावले भरिएका छन् ।

आशिका तामाङको जन्म २०३७ सालमा धादिङको मलेखुमा भएको हो । ग्रामीण परिवेशमा हुर्किएकी उनले आम नेपालीले भोग्नुपरिरहेको आधारभूत समस्या र अभावलाई नजिकबाट नियाल्ने अवसर पाइन । धेरैलाई थाहा नहुन सक्छ, आशिकाको सार्वजनिक जीवन कलाकारिताबाट सुरु भएको हो । सन् २०१५ मा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘सुश्री’ मा उनले अभिनेता आर्यन सिग्देलको जोडीका रूपमा मुख्य भूमिका निर्वाह गरेकी थिइन । उनी सो चलचित्रको निर्माता समेत थिइन । यद्यपि, ग्ल्यामरको दुनियाँमा उनी धेरै समय रमाउन सकिनन् र विदेश पलायन भईन ।

केही समय जर्मनी बसेर त्यहीका नागरिक थोमस संग विवाह गरेकी तामाङको १ छोरा र १ छोरी छन् । नेपाल फर्किएपछि सामाजिक विसंगतिहरू विरुद्ध मोबाइल क्यामेरा लिएर सडकमा निस्किएपछि तामाङ चर्चित हुदै गइन् । सुरुमा जनावर नकाट्न आग्रह गर्दा भाइरल भएकी उनलाई धेरैले ‘खसिनी दिदी’ भन्दै जिस्काए पनि उनले अभियान निरन्तर अघि बढाइन् ।

तामाङले ‘ग्रीन एन्ड क्लिन आशिका फाउन्डेसन’ स्थापना गरी सरसफाई र सामाजिक न्यायको अभियान सुरु गरेपछि उनको चर्चा चुलिएको थियो । पानीको बोतल र खाद्यवस्तुमा हुने बढी मूल्य असुली विरुद्ध उनले गरेका अभियानहरू निकै चर्चित रहे । विमानस्थलको पार्किङ शुल्क, सार्वजनिक स्थलमा हुने फोहोर र अव्यवस्था विरुद्ध उनले निडर भएर आवाज उठाएकी थिइन् ।

उनको शैली र ब्यवहारले उनलाई प्रहरी हिरासतमा समेत पुर्याएको थियो । गत वर्ष साँगाको झोलुङ्गे पुल तरेबापत २० रुपैया लिने गरेको विरोध गर्दै आशिकाले नगरपालिकाको रसिद च्यातिदिएपछि सुर्यविनायक नगरपालिको उजुरीमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । पछि उनी धरौटीमा रिहा भएकी थिइन् ।
जेन–जी आन्दोलनमा क्रममा घाइते भएकाहरूलाई अस्पताल पुगेर सहयोग गर्ने र उनीहरूको आवाजलाई बुलन्द पार्ने काममा उनी अग्रपङ्क्तिमा रहिन् । जसका कारण सामाजिक सञ्जालमा उनलाई धेरैले ’राष्ट्रिय दिदी’ को उपमा समेत दिएका थिए ।

सुरुमा स्वतन्त्र रूपमा काठमाडौँबाट चुनाव लड्ने तयारी गरेकी तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ क्षेत्र नं १ मा टिकट दिएको छ । भ्रष्टाचार निवारण, सरकारी सेवामा हुने ढिलासुस्ती र अनियमितताको अन्त्य, राजनीति र प्रशासनिक निकायलाई जनताप्रति उत्तरदायी बनाउने, नयाँ पुस्ताको भावनालाई संसदसम्म पुर्याउने अभियान लिएर उनी चुनावी घरदैलो गरिरहेकी छिन् ।

सामाजिक सञ्जालमा चर्चित आशिकाको प्रतिनिधि सभा सदस्यको उम्मेद्वारीले कस्तो परिणाम ल्याउँछ, त्यो त मतदाताको हातमा छ । तर, एक निडर र जुझारु महिलाका रूपमा उनले नेपाली समाजमा आफ्नो बेग्लै पहिचान स्थापित गरिसकेकी छन् ।

२०७९ निर्वाचनमा यो क्षेत्रमा रास्वपाबाट कमेडियन हिमेश पन्त उम्मेद्वार थिए । भर्खरै स्थापना भएको र खासै संठन नभएको बेलामा पनि पन्तले १२ हजार २ सय ९४ मत ल्याएका थिए । कम्युनिष्ट पार्टीका गढको रुपमा चर्चित धादिङ जिल्लाको यो क्षेत्रमा रास्वपाले आशिकालाई टिकट दिनुलाई मात्रै पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

पाँच वर्षे मार्गचित्र सार्वजनिक गर्दै चीनको वार्षिक राजनीतिक अधिवेशन सुरु  

देवघाटमा देखियो घडियाल गोही

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती  

पञ्चायत देखि गणतन्त्रसम्मका सारथी : राजेन्द्र प्रसाद पाण्डेको ६ दशक लामो राजनितिक यात्रा

धादिङमा एमालेको गढ जोगाउने जिम्मेवारीमा भुमि त्रिपाठी

बौद्धिक र जुझारु युवा नेताको उम्मेद्वारीका साथ कम्युनिष्ट गढमा काँग्रेसको काउन्टर

सडकको गर्जनबाट सदनको यात्रामा आशिका तामाङ

यो पनि पढ्नुहोस

पाँच वर्षे मार्गचित्र सार्वजनिक गर्दै चीनको वार्षिक राजनीतिक अधिवेशन सुरु  

देवघाटमा देखियो घडियाल गोही

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती  

पञ्चायत देखि गणतन्त्रसम्मका सारथी : राजेन्द्र प्रसाद पाण्डेको ६ दशक लामो राजनितिक यात्रा

धादिङमा एमालेको गढ जोगाउने जिम्मेवारीमा भुमि त्रिपाठी

बौद्धिक र जुझारु युवा नेताको उम्मेद्वारीका साथ कम्युनिष्ट गढमा काँग्रेसको काउन्टर